उँट
From Wikipedia, the free encyclopedia
उँट क्यामेलस (Camelus) प्रजाति अन्तर्गत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यसलाई अङ्ग्रेजीमा क्यामल(Camel) भनिन्छ। क्यामल(Camel) शब्द अरबियन भाषाको جمل, ǧmlबाट आएको हो, जुन शब्दले सेमाईटिक भाषामा "सुन्दरतता(beauty)" लाई जनाउँदछ। उँटका निम्न दुई प्रजातिहरू छन :-
- अरबियन उँट वा ड्रोमेड्यारी (Dromedary)
- ब्याकट्रियन उँट (Bactrian camel)
उँट | |
---|---|
अरबियन उँट वा ड्रोमेड्यारी (Dromedary), Camelus dromedarius | |
ब्याकट्रियन उँट (Bactrian camel), Camelus bactrianus | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
भाग: | हाड भएका |
वर्ग: | स्तनधारीप्राणी |
गण: | Artiodactyla |
कुल: | Camelidae |
वंश: | Camelini |
वंश: | Camelus लिन्नेअस(Linnaeus), 1758 |
Species | |
Camelus bactrianus |
अरबियन उँटको एउटा जुरो(hump) हुन्छ भने ब्याकट्रियन उँटको दुई वटा जुरोहरू(humps) हुन्छन्। अरबियन उँट पश्चिम एसियाका सुख्खा मरुभुमि क्षेत्रमा पाइन्छन् भने ब्याकट्रियन उँट मध्य तथा पूर्वी एसियामा पाईने गर्छ। यि दुबै प्रजातिहरूलाई मासु, दुध र मालसामान ओसारपसार तथा सवारीका लागि घरपालुवा बनाईने गरिन्छ।
क्यामल(Camel) शब्दको प्रयोग बिस्तृत रूपमा क्यामिडेई (Camelidae) परिवार अन्तर्गत पर्ने उँट जस्तै छ वटा प्राणीहरूलाई चिनाउन गरिन्छ, जस मध्य दुईवटा वास्तविक उँटहरू तथा अन्य चारवटा उत्तर अमेरीकी उँट जस्तै जीवहरू : लामा (llama), अल्पाका (alpaca), गुआनाको (guanaco) र बिकुन्या (vicuña) हुन्।
उँटको औसत आयु ४० देखि ५० वर्ष हुन्छ। एउटा वयस्क उँट गर्धन तिर १.८५ मि.(६ फिट १ इन्च) र जुरो तिर २.१५ मि.(७ फिट १ इन्च) अग्लो हुन्छ। उँटको जुरो शरीरबाट लगभग ३० इन्च माथि सम्म बढ्छ। उँट छोटो दुरीमा ६५ कि.मि. प्रतिघण्टाको दरले दौडन सक्छ भने लामो दुरीको यात्राको क्रममा यसले आफ्नो गति ४० कि.मि. प्रतिघण्टा बनाई राख्नसक्छ।