फुटबलमा प्रयोग हुने शब्दावली
From Wikipedia, the free encyclopedia
एसोसिएसन फुटबल (जसलाइ फुटबल वा सकर मात्र पनि भन्ने गरिन्छ) को लागि सन् १८६३ मा बेलायतमा पहिलो पटक कानुन सङ्ग्रह (Codify) गरिएको थियो । यद्दपी फुटबललाई लात्ती हानेर खेल्न थालिएको धेरै अघिदेखि हो ।[1] आजसम्म फुटबल सँग सम्बन्धित शब्दावलीको सङ्ख्या हजारौँको तादातमा पुगेका छन् ।
यस खेलको क्रमविकासलाई समयसँगै टर्मिनोलोजी ( कुनै विषयमा प्रयुक्त शब्दावलीसँग सम्बन्धित)मा आएको परिवर्तनले प्रतिविम्वित गर्छ । जस्तै ; २-३-५ फर्मेसनमा इनसाइड फरवार्डको भुमिका र आक्रामक मिडफिल्डरको भुमिकामा केहि भिन्नता छैन ।[2] त्यस्तै , २-३-५ फर्मेसनको सेन्टर हाल्फ लाई ४-१-३-२ को होल्डिङ् मिडफिल्डरसँग तुलना गर्न सकिन्छ ।[3]
कुनै एउटै धारणा (Concept)को लागि दुइभन्दा बढी शब्दहरूको न्वारन भएको छ । यसको एउटा कारण भाषाको उन्नति पनि हो भन्दा अत्युक्ति नहोला । पहिले एसोसिएसन फुटबल भन्ने गरिएता पनि आजकल यसलाई छोट्याएर फुटबल अथवा सकर मात्र भन्ने गरिन्छ ।[4] अङ्ग्रेजी भाषाका प्रकार अलग भएकाले केही शब्दहरूको उत्पत्तिको श्रेय यिनै भाषालाइ दिन सकिन्छ । यूरोप महाद्विप, जहाँ ब्रिटिस अङ्ग्रेजी भाषाको बोलबाला छ, त्यहाँ कुनै एउटा टिमले खेल अवधिभर एक गोल पनि नखाएमा यो उपलब्धिलाई क्लिन सिट भन्ने गरिन्छ ।[5] उत्तर अमेरिका र क्यानडा, जहाँ अमेरिकन र क्यानेडियन अङ्ग्रेजीको वर्चश्व छ, त्यहाँ त्यही उपलब्धिलाई सटआउट भन्ने गरिन्छ ।[6]
कहिलेकाहीँ एउटा व्यक्तिको खेल वा व्यवहारका कारण पनि फुटबलमा शब्दको न्वारन भएको छ । जस्तै सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा म्याराडोनाले हातले गरेको गोललाई हेन्ड अफ गड भन्ने गरिन्छ ।[7]