विश्व भाषा
अन्तर्राष्ट्रिय स्तरमा बोलिने र द्वितीय भाषाको रूपमा बोलिने र सिकिने भाषा / From Wikipedia, the free encyclopedia
विश्व भाषाले अन्तर्राष्ट्रिय स्तरमा बोलिने र द्वितीय भाषाको रूपमा बोलिने र सिकिने भाषालाई बुझाउँछ । कुनै पनि भाषाको वक्ताको सङ्ख्यासँगै सो भाषाको भौगोलिक वितरण र अन्तर्राष्ट्रिय सङ्गठन तथा कूटनीतिमा पाएको मान्यताले पनि विश्व भाषाको मान्यता प्रदान गरिन्छ ।[1][2]
विश्वव्यापी रूपमा १ अर्ब भन्दा बढी वक्ता भएको अङ्ग्रेजी अहिलेको विश्व भाषा हुन पुगेको छ ।[3] फ्रान्सेलीलाई पनि यस कारण विश्व भाषाको दर्जा दिइएको छ । स्पेनी, अरबी, हिन्दुस्तानी (हिन्दी-उर्दु), मन्दारिन चिनियाँ, रुसी र पुर्तुगालीलाई पनि विश्व भाषाको दर्जा दिन सकिन्छ ।
प्राचीन कालमा आरामाइक, प्राचीन युनानी, रोमन, शास्त्रीय चिनियाँ, फारसी, संस्कृत, र शास्त्रीय अरबीलाई सम्पर्क भाषाको रूपमा प्रयोग गर्ने हुनाले तिनीहरूलाई प्राचीन विश्व भाषा मानिन्छ ।