२०२२ आइसिसी पुरुष टि२० विश्वकप
From Wikipedia, the free encyclopedia
२०२२ आइसिसी पुरुष टि२० विश्वकप आइसिसी पुरुष टि२० विश्वकप प्रतियोगिताको ८औँ संस्करण हो।[3] यो प्रतियोगिता अस्ट्रेलियामा सन् २०२२ को अक्टोबर १६ देखि सन् २०२२ नोभेम्बर १३ सम्म आयोजना भइरहेको छ।[4][5] सुरुमा यो प्रतियोगिता सन् २०२० मा आयोजना गर्ने भनिए पनि सन् २०२० को जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कोभिड–१९ को महामारीका कारण प्रतियोगिता स्थगित भएको पुष्टि गरेको थियो।[6] सन् २०२० अगस्टमा आइसिसीले सन् २०२२ मा पुनर्व्यवस्थित तरिकाले आस्ट्रेलियाले विश्वकप प्रतियोगिता आयोजना गर्नेछ,[7] र सन् २०२१ को विश्वकप प्रतियोगिता भारतमा आयोजना गरिने मूल योजना तय गरिएको थियो[8] तर पछि ७औँ संस्करणको विश्वकप प्रतियोगिता संयुक्त अरब इमिरेट्स र ओमानमा सारिएको थियो। [9] सन् २०२२ जनवरी २१ को दिन आइसिसीले विश्वकप प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको थियो।[10][11] प्रतियोगिता आयोजक राष्ट्र अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली निवर्तमान विजेता राष्ट्र पनि हो।[12]
२०२२ आइसिसी पुरुष टि२० विश्वकप | |
---|---|
मिति | सन् २०२२ अक्टोबर १६ – सन् २०२२ नोभेम्बर १३ |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् |
क्रिकेटको प्रकार | ट्वान्टी२० अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | समूह चरण र नक आउट |
आयोजक(हरू) | अस्ट्रेलिया |
सहभागीहरू | १६[1] |
खेल संख्या | ४५[2] |
आधिकारिक वेबसाइट | aus2022 |
← २०२१ २०२४ → |