टेलिभिजन
मुभी तस्बिरहरू प्रसारण र प्राप्तगर्नको लागि दूरसंचार माध्यम / From Wikipedia, the free encyclopedia
टेलिभिजन (अङ्ग्रेजी television, छोटकरीमा TV वा telly) दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केत लाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि (युनानी भाषामा धेरै टाढा) र भिजन (अङ्ग्रेजीमा हेर्नु)बाट भएको हो।
टेलीभिजन प्रविधिको अाविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तार द्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजन उत्पन्न हुनसक्ने सङ्केत मिलेको थियो। सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८ मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।
सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठूला काठका ढाँचाहरू हुन्थे र कुनै फर्निचरलाई झैं भुँईमा राखिन्थ्यो। नया टिभिहरू साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भुँईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई चलचित्रघरको पर्दा जस्तै देखिने फराकिलो-पर्दामा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।
टिभिमा एक स्पर्शेन्द्रीय (antenna) (अथवा वाहक (aerial)), वा तार हुन्छ। त्यसले हावाबाट वा तार-प्रदायक (cable-provider)बाट सङ्केतलाई टिभि सम्म पुर्याउँछ। टिभिले डिभिडि वा भिसिआरबाट पनि चलचित्र देखाउन सक्छ। टिभि केही कम्प्युटर वा गेम-कन्सोल सँग पनि जोड्न सकिन्छ। देश विदेशमा घटेको घटना हेर्न सकिन्छ।