एथ्नोलग
From Wikipedia, the free encyclopedia
एथ्नोलग मुद्रण तथा अनलाइनमा वार्षिक सन्दर्भ प्रकाशन हो। यसले विश्वका जीवित भाषाहरूको तथ्याङ्क तथा अन्य जानकारी प्रदान गर्दछ। यो पहिलो पटक सन् १९५१ मा जारी गरिएको थियो र अहिले यो वार्षिक रूपमा संयुक्त राज्य अमेरिका स्थित, विश्वव्यापी इसाई गैर-लाभकारी संस्था सिल इन्टरनेशनलद्वारा प्रकाशित गरिन्छ। धार्मिक उद्देश्यका लागि भाषाहरूको अध्ययन, विकास र दस्तावेज तयार गर्नु र साक्षरता लाई बढावा दिनु हो सिलको उद्देश्य रहेको छ।[1][2]
छरितो तथ्यहरू मालिक, युआरएल ...
मालिक | सिल इन्टरनेसनल, अमेरिका |
---|---|
युआरएल | ethnologue |
व्यवसायिक | हो |
बन्द गर्नुहोस्
एथ्नोलगमा वक्ता, स्थान, उपभाषा वा भाषिका, भाषा सम्बद्धता, वर्णन गरिएका प्रत्येक भाषा र उपभाषाहरूमा बाइबलको उपलब्धता, उल्लेख गरिएको ठाउँमा भाषाको पुनरुद्धारका प्रयास आदी समावेश गरिएको छ।