कसुर जिल्ला
From Wikipedia, the free encyclopedia
कसुर जिल्ला (पञ्जाबी र उर्दु: ضِلع قصُور) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला १ जुलाई १९७६ मा अस्तित्वमा आएको थियो । यो जिल्ला सन् १९७६ भन्दा पहिला लाहोर जिल्लाको एक भागको रूपमा रहेको थियो ।
छरितो तथ्यहरू कसुर जिल्ला ضِلع قصُور, देश ...
कसुर जिल्ला
ضِلع قصُور | |
---|---|
देश | पाकिस्तान |
प्रदेश | पञ्जाब |
सदरमुकाम | कसुर |
सरकार | |
• जिल्ला समन्वय अधिकारी | सायरा ओमेर |
• जिल्ला परिषद अध्यक्ष | राना सिकन्दर हयात |
क्षेत्रफल | |
• जम्मा | ३,९९५ किमी२ (१५४२ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | ३,४५४,९९६ |
• घनत्व | ८६०/किमी२ (२२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसील | कसुर कोट राधा किसन |
बन्द गर्नुहोस्
यो शहरको सदरमुकाम कसुर शहर हो जुन सुफिवादी कवि बुल्ले शाहको जन्म स्थल हो । यो शहर पुरै पाकिस्तानमा बुल्ले शाहको जन्म स्थलको रूपमा प्रचलित छ । यस जिल्लाले पाकिस्तानमा कुल ४,७९६ वर्ग किलोमिटर ओगटेको छ । [2]