गुरदासपुर जिल्ला
भरात को जील्ला हो / From Wikipedia, the free encyclopedia
गुरदासपुर जिल्ला भारतको पन्जाब राज्यको माझा क्षेत्रको एउटा जिल्ला हो। गुरदासपुर जिल्ला सदरमुकाम हो। यो अन्तर्राष्ट्रिय स्तर मा पाकिस्तानी पन्जाब को नरोवाल जिल्ला, पन्जाब कै अमृतसर, पठानकोट, कपूरथला र होशियारपुर जिल्लाहरू संग सीमा जोडिएको छ। दुई मुख्य नदीहरू ब्यास र रावी यो जिल्ला भएर बग्दछ। मुगल सम्राट अकबर कलानौर नजिकैको एउटा बगैँचामा सिंहासनमा बसेको भनिन्छ, जो जिल्लाको एक ऐतिहासिक महत्वपूर्ण शहर हो।[1]यो जिल्ला हिमालयको फेदमा छ।
छरितो तथ्यहरू गुरदासपुर जिल्ला ਗੁਰਦਾਸਪੁਰ ਜ਼ਿਲ੍ਹਾ, देश ...
गुरदासपुर जिल्ला
ਗੁਰਦਾਸਪੁਰ ਜ਼ਿਲ੍ਹਾ | |
---|---|
District | |
निर्देशाङ्क: ३१°५५′उ॰ ७५°१५′पू॰ | |
देश | भारत |
राज्य | पन्जाब |
नामकरण | Guriya Ji |
सदरमुकाम | Gurdaspur |
क्षेत्रफल | |
• जम्मा | २,६१० किमी२ (१०१० वर्ग माइल) |
जनसङ्ख्या (2001)‡[›] | |
• जम्मा | २,१०४,०११ |
• घनत्व | ८१०/किमी२ (२१००/वर्ग माइल) |
भाषा | |
• सरकारी | पन्जाबी |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
साक्षरता | ६३.९५% |
वेबसाइट | gurdaspur |
बन्द गर्नुहोस्
२०११ सम्म यो पन्जाबको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला हो (२२ मध्ये), लुधियाना र अमृतसर पछि।[2]बटाला, जिल्लाको जनसङ्ख्या को ३१% साथ, यहाँको सबैभन्दा ठूलो शहर हो।