टिम कुक
From Wikipedia, the free encyclopedia
टिमोथी डोनाल्ड "टिम" कुक (जन्म नोभेम्बर १,१९६०) एक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् ।[1] कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए ।[2] उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यकारी उपाध्यक्षको रूपमा कार्य गरे । सन् २०११ अगस्त २४ मा सीईओ बन्नु भन्दा पहिले उनी वरिष्ठ अपरेटिंग अफिसरको रूपमा कार्य गरेका थिए । उनले स्टिभ जब्सको ठाउँमा सीईओ भएका थिए ।[3] (कुक पहिले पनि निवर्तमान सीइओको रूपमा एप्पल कम्पनीमा काम गरिसकेका थिए जब जब्स स्वास्थ्य समस्याका कारण जनवरी २०११ मा बिदामा थिए ।)[4] सन् २०१२ को प्रारम्भमा एप्पलका कार्यकारी समितिले वहाँलाई १ लाख शेयर दिएर समानित गरेको थियो ।[5] सन् २०१२ को लेखाजोखा अनुसार कुकको $३७८ मिलियनको कुल तलब प्याकेज सहित उनलाई संसारकै सबैभन्दा बढी तलब पाउने कार्यकारी अधिकृतको रूपमा अंकित गरेको छ ।[6]
टिम कुक Tim Cook | |
---|---|
जन्म | टिमोथी डोनाल्ड कुक (1960-11-01) १ नोभेम्बर १९६० (उमेर ६३) अलाबामा, संयुक्त राज्य अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | औबर्न बिश्वबिद्यालय (स्नातक विज्ञान) ड्युक बिश्वबिद्यालय (एमबिए) |
पेशा | सीईओ, एप्पल |
जम्मा सम्पति | $ ४०० मिलियन (अनुमानित) |
कार्यकारी समिति सदस्य | एप्पल नाइकी (२००५—हालसम्म) राष्ट्रिय फुटबल सङ्घ |
हस्ताक्षर | |
कुक नाइकी तथा राष्ट्रिय फुटबल सङ्घको कार्यकारी समितिमा समेत रहेका छन् ।[3] [7]