थापा
थर / From Wikipedia, the free encyclopedia
थापा एक नेपाली पहाडी समुदायको थर हो । थापा थरका व्यक्तिहरू क्षेत्री र मगर हुन्छन्।[1] यिनीहरूलाई नेपालका समुदायहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। ऐतिहासिक रूपमा थापा ६ पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो। अन्य पाँच परिवारहरू पाँडे वंश, कुँवर परिवार, बोहोरा वंश र बस्न्यात वंश हुन्। राजनीतिक थापा खलकको पाँडे खलकसँग ऐतिहासिक दुस्मनी छ।[3] नेपालभरि सर्वत्र बसोबास गर्ने थापाहरू नेपालको ठूलो जनसङ्ख्यामा पाइन्छन्। फोरबियर्स वेबसाइटको अनुसार सन् २०१४ मा थापा नेपालको दोस्रो ठूलो थर थियो।[1]
जम्मा जनसङ्ख्या | |
---|---|
१०,७४,३४५ विश्वव्यापी [1] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा, मगर भाषा | |
धर्महरू | |
क्षत्रीहरू हिन्दु धर्म र मष्टो देवता पुजा[2] मगरहरू मगर जातिको परम्परा | |
सम्बन्धित जातीय समूह | |
बस्नेत, पाँडे, कुँवर, बिष्ट |
नेपालमा क्षेत्रीहरू थापा भनी थर लेख्ने गर्छन् र थापा मगरहरू चाहिँ थापा मगर लेख्ने गर्छन्। त्यसैले विभाजन गर्दा क्षेत्रीहरूलाई थापा काजी भनिन्छ र थापा मगरहरूलाई मगर भनिन्छ।
नेपालमा थापा खलकहरूको विशेष राजनितिक पहुँच पनि रहि आएको छ। आधुनिक नेपालको निर्माणसँगै प्रधान सेनापति, भारदार र मन्त्रीहरू क्षेत्री थापा थिए। नेपालको हुकुमी व्यवस्थामा प्रमुख शक्तिमा बस्नेत र पाण्डेहरूसँग प्रतिस्पर्धा हुनु अगाडि नै बोहराहरू पश्चात थापा क्षेत्रीहरू एक शक्तिशाली भारदारी परिवार बन्न पुगेका थिए। भिमसेन थापा नेपालको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका थिए जो थापा नै थिए। बडाकाजी अमरसिंह थापा नेपालको महानायकमा गनिन्छन्। त्यस्तै सरदार भक्ति थापा पनि नेपालका राष्ट्रिय विभूतिहरूमध्ये एक हुन्।[4][5]
हुकुमी शासनकालमा मात्र नभई पञ्चायतकालमा पनि सुर्यबहादुर, विश्वबन्धु, चिरण शम्शेर, सुशिला, निराजन र कमल थापाहरूको वर्चस्व रहेको थियो। यसको नाइके भने पाँच पटकसम्मका प्रधानमन्त्री सुर्यबहादुर नै हुन्। त्यस्तै एक समयमा सन् २००३ मा नेपाली सेनाका प्रधान सेनापति धर्मपालवरसिँह थापा, नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा र सशस्त्र प्रहरी प्रमुख सहवीर थापा तथा प्रधानमन्त्री सूर्यबहादुर थापा रहँदा एकैपटक ४ सर्वोच्च पदमा शासनसत्ता सम्पूर्ण थापाहरूको नियन्त्रणमा भएको थियो। यसले प्रजातान्त्रिक व्यवस्थामा पनि थापा क्षेत्रीहरूको शासकत्व वर्णन गर्दछ।[4]