नेपालका प्रधानमन्त्रीहरूको सूची
नेपालका प्रधानमन्त्रीहरूको सुची / From Wikipedia, the free encyclopedia
नेपालमा प्रधानमन्त्री पद भारदारी समयमा विभिन्न नामले चिनिन्थ्यो। शाहकालीन चौबिसे गोरखा राज्यमा काजी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दथे। नेपाल अधिराज्यको निर्माण पश्चात देवान, मूलकाजी तथा मूलचौतारिया (बहादुर शाह मात्र)ले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। इतिहासकारहरू नेपालको प्रथम प्रधानमन्त्री मूलकाजी दामोदर पाँडे तथा मुख्तियार भीमसेन थापाको बीचमा विवादित रहेको मान्दछन्। [note 1]
नेपालको प्रधानमन्त्री | |
---|---|
सम्बोधन | सम्माननीय |
निवास | बालुवाटार, सिंहदरबार, काठमाडौँ |
नियुक्तिकर्ता | नेपालको राष्ट्रपति |
अवधि | ५ वर्ष (नेपालको संविधान २०७२ अनुरूप) |
प्रथम पदाधिकारी | भीमसेन थापा (दोस्रो मुख्तियार तथा प्रथम प्रधानमन्त्रीको रूपमा) |
मूलकाजी दामोदर पाँडे राजा रणबहादुर शाहको अनुपस्थितिमा सुरूमा सन् १८०० देखि अनौपचारिक प्रमुख प्रशासक तथा सन् १८०३ फेब्रुअरीदेखि नयाँ भारदारीसभाको मूलकाजी भई सशक्त एकलौटी शासन चलाएका थिए। मूलकाजी पाँडेको सन् १८०४ मार्च (वि.सं. १८६०) मा मृत्युदण्ड गराएपछि रणबहादुर शाहले शासनशक्ति लालमोहर गराई मुख्तियार भएका थिए। रणबहादुर शाहको हत्यापश्चात भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए। अङ्ग्रेजी परम्परागत रूपमा प्राइम मिनिस्टर वि.सं. १९०० मा पहिलो पटक प्रधानमन्त्रीको श्रीपेचसहित माथवरसिंह थापालाई प्रदान गरिएको थियो।