बेलायती समुद्रपार क्षेत्र
From Wikipedia, the free encyclopedia
बेलायती समुद्रपार क्षेत्र वा संयुक्त अधिराज्यको समुद्रपार क्षेत्र, संयुक्त अधिराज्यसँग संवैधानिक र ऐतिहासिक सम्बन्ध भएका चौध क्षेत्रहरू हुन्।[1][2] तिनीहरू पूर्व बेलायती साम्राज्यका अन्तिम अवशेष हुन् र उक्त क्षेत्रहरू संयुक्त अधिराज्यको भाग होइनन्। स्थायी बसोबास भएका क्षेत्रहरू आन्तरिक स्वशासित छन्। संयुक्त अधिराज्यले रक्षा र विदेशी सम्बन्धको जिम्मेवारी कायम राखेको छ। तीनवटा इलाकामा सैनिक वा वैज्ञानिक कर्मचारीहरूको क्षणिक जनसङ्ख्या मात्र छ। बाँकी मध्ये एक बाहेक सबैलाई संयुक्त राष्ट्र सङ्घको विशेष समितिले उपनिवेशीकरणसम्बन्धी गैर-शासित इलाकाको रूपमा सूचीबद्ध गरेको छ। चौध वटा राज्य प्रमुखको रूपमा बेलायतका राजा रहेका छिन्। [3]
बेलायती समुद्रपार क्षेत्र | |
---|---|
राष्ट्रिय गान: "गड सेभ द किङ" | |
सार्वभौम राज्य | संयुक्त अधिराज्य |
सबैभन्दा ठुलो क्षेत्र | बेलायती अन्टार्क्टिक क्षेत्र |
आधिकारिक भाषाहरू | अङ्ग्रेजी |
रैथाने(हरू) |
|
सरकार | संवैधानिक राजतन्त्र अन्तर्गत स्वशासित प्रशासन |
• शासक | चार्ल्स तृतीय |
ऋषि सुनक | |
• वैदेशिक सचिव | जेम्स क्लेभर्ली |
• समुद्रपार क्षेत्र र दिगो विकासका लागि संसदीय मातहतका सचिव | खाली (२५ नोभेम्बर २०२० सम्म) |
क्षेत्रफल | |
• जम्मा | १८,०१५ किमी२ (६,९५६ वर्ग माइल) |
जनसङ्ख्या | |
• सन् २०१९ अनुमानित | २,७२,२५६ |
मिति प्रारूप | दिन/महिना/वर्ष |
अप्रिल २०१८ सम्म, तीन क्षेत्रहरू (साइप्रस द्वीपमा अक्रोत्तिरी र धेकेलिया फल्कल्यान्ड द्वीप, जिब्राल्टर र सार्वभौम आधार क्षेत्रहरू) युरोप र अमेरिकाका लागि राज्य मन्त्रीको जिम्मेवारी रहेका छन्। बाँकी भूभागका लागि जिम्मेवार मन्त्री विदेशी भूभाग र दिगो विकासका लागि संसदीय उपसचिव हुन्।[4] सन् २०२१ सम्म सबैभन्दा बढी जनसङ्ख्या भएको बेलायती विदेशी भूभाग केम्यान टापु हो। यसको जनसङ्ख्या ६९,६५६ रहेको छ।[5]