भाइबर
विभिन्न सञ्चालन प्रणालीमा उपलब्ध सन्देश प्रवाह अनुप्रयोग / From Wikipedia, the free encyclopedia
राकुतेन भाइबर, सामान्य रूपमा भाइबर, (रोमन: Viber) आइओएस, एन्ड्रोइड, माइक्रोसफ्ट विन्डोज, म्याकओएस र लाइनक्समा फ्रिवेयरको रूपमा राकुतेनद्वारा उपलब्ध गराइएको तत्काल सन्देश प्रवाह अनुप्रयोग हो। यसमा प्रयोगकर्ताको दर्ता र पहिचान फोन सञ्जालबाट हुने भएता पनि डेस्कटप प्रयोगकर्ताहरू मोबाइलको प्रयोग नगरी पनि दर्ता हुन सक्छन्।[2] यसका साथै भाइबरमा स्टिकर, तस्वीर तथा भिडियो पठाउन र भाइबर आउटको प्रयोग गरी निश्चित शुल्क सहित अन्तर्राष्ट्रिय सम्पर्क गर्न मिल्छ।[3] सन् २०१८ को तथ्याङ्क अनुसार भाइबरमा १० करोड भन्दा बढी प्रयोगकर्ताहरूको दर्ता भएका थिए।[4][5]
मूल सम्पादक(हरू) |
|
---|---|
निर्माणकर्ता (हरू) | राकुतेन |
मौलिक संस्करण | डिसेम्बर २, २०१०; १३ वर्ष पहिले (२०१०-१२-02) |
प्रोग्रामिङ भाषा | |
सञ्चालन प्रणाली | बहुप्रणाली |
प्रकार |
|
अनुमति पत्र | स्वामित्व |
अलेक्सा क्रम | १,५४६ (अगस्त २०२०)[1] |
वेबसाइट | viber |
इजरायलमा आधारित भाइबर मिडियाले निर्माण गरेको यस अनुप्रयोगलाई सन् २०१४ मा राकुतेनले अधिग्रहण गरेको थियो। सन् २०१७ देखि राकुतेन भाइबरलाई यसको औपचारिक नाम मानिन थालिएको थियो। यसको प्रमुख कार्यालय लक्जेम्बर्गमा अवस्थित छ।[6] यसका अन्य कार्यालयहरू आम्स्टर्डम, बार्सिलोना, ब्रेस्ट, किभ, लन्डन, मनिला, मिन्स्क, मस्को, पेरिस, सान फ्रान्सिस्को, सिङ्गापुर, सोफिया, तेल अभिभ र टोकियोमा अवस्थित छन्।[7][8]