मत्स्य पुराण
From Wikipedia, the free encyclopedia
मत्स्य पुराणमा भगवान् श्रीहरिको मत्स्य अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएकोछ। यसमा जल प्रलय, मत्स्य अनि मनुको संवाद, राजधर्म, तीर्थयात्रा, दान महात्म्य, प्रयाग महात्म्य, काशी महात्म्य, नर्मदा महात्म्य, मूर्ति निर्माण माहात्म्य एवं त्रिदेवको महिमा आदिमाथि पनि विशेष प्रकाश पारिएकोछ।[1] चौध हजार श्लोकहरू भएको यो पुराणप्राचीन ग्रन्थहरू मध्येको एउटा हो।