माथवरसिंह थापा
नेपालको अन्तिम मुख्तियार तथा प्रथम प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
माथवर सिंह थापा उच्चारणⓘ (जन्म: वि.सं १८५५ - १९०२) १९०० पौष १२ देखि १९०२ जेष्ठ ६ सम्म नेपालको प्रधानमन्त्री थिए। उनी श्रीपेच धारण गर्ने नेपालको पहिलो प्रधानमन्त्री थिए र ब्रिटिस कन्भेन्सनले पनि पहिलो पटक प्रधानमन्त्रीको सम्बोधन गर्छ। वि.सं. १९०१ फागुन वदि ४ मा उनी नेपालका पहिला प्रधानमन्त्री भए।[1]
छरितो तथ्यहरू श्री मुख्तियारमाथवरसिंह थापा, नेपालको प्रधानमन्त्री ...
श्री मुख्तियार माथवरसिंह थापा | |
---|---|
नेपालको प्रधानमन्त्री | |
कार्यकाल वि.सं १९०० पुस १२ – १९०२ जेठ ६ | |
एकाधिपति | राजा राजेन्द्र |
पूर्वाधिकारी | फत्तेजङ्ग शाह |
उतराधिकारी | फत्तेजङ्ग शाह |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं १९०० पौष १२ – १९०२ जेठ ६ | |
पूर्वाधिकारी | रणजङ्ग पाँडे |
उतराधिकारी | अभिमान सिंह राना मगर |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं १८५५ असोज १८ सन् १७९८ बोर्लाङ, गोरखा |
मृत्यु | १९०२ जेठ ६ सन् १८४५ काठमाडौँ |
सन्तान(हरू) | रणोज्जल सिंह थापा |
अभिभावकs |
|
आफन्तहरू | बडाबा भीमसेन थापा, जङ्गबहादुर राणा, ललितत्रिपुरसुन्दरी, |
बन्द गर्नुहोस्
मुख्तियार माथ्वरसिंह थापा आफ्नै विशिष्ट व्यक्तित्व तथा हिम्मतले नै नेपालको अधिराज्यको शक्तिशाली अधिनायकका रुपमा उदाएका थिए। तर उनमा रहेको घमण्डी स्वभावले गर्दा उनका आफ्नै भारदार पनि उनीदेखि उदासिन हुन थालेका थिए। आफ्ना दुई छोरा तथा दुई चार जना अङ्गरक्षक आठपहरिया बाहेक सच्चा अर्थमा यिनका होतैषी अरु कोही पनि उनको साथमा थिएनन्।[2]