मैत्रीपाला सिरिसेना
From Wikipedia, the free encyclopedia
"पल्लेवत्त गमरालगे मैत्रीपाला यापा सिरिसेना" (pronounced [pallewat̪t̪ə ɡaməraːləlaːɡeː majt̪ɾiːpaːlə jaːpaː siɾiseːnə]; सिंहालीसिंहली: මෛත්රීපාල සිරිසේනcode: si is deprecated ; तमिलतमिल: மைத்திரிபால சிறிசேன; जन्म ३ सेप्टेम्बर १९५१ ) एक श्रीलङ्काली राजनीतिज्ञ र जनवरी २०१५ श्रीलङ्काका सातौँ राष्ट्रपति हुन् । [1][2] पश्चिमी प्रान्तमा जन्मे पनि सिरिसेना उत्तरी केन्द्रिय प्रान्तका निवासी हुन् र उक्त प्रान्तका प्रथम राष्ट्रपति हुन् । उनी कृषक पृष्ठभूमिबाट आएका थिए र उनको कुनै राजनितीक परिवारसँग सम्बन्ध थिएन ।
महामहिम मैत्रीपाला सिरिसेना | |
---|---|
මෛත්රීපාල සිරිසේන மைத்திரிபால சிறிசேன | |
सातौ श्रीलङ्काका राष्ट्रपति | |
कार्यकाल ९ जनवरी २०१५ – १८ नोबेम्बर २०१९ | |
प्रधानमन्त्री | रणिल बिक्रमासिंघे महिन्दा राजपाक्ष |
पूर्वाधिकारी | महिन्दा राजपाक्ष |
उतराधिकारी | गोतबाया राजपाक्षे |
रक्षा मन्न्री | |
पद बहाली १२ जनवरी २०१५ | |
राष्ट्रपति | आफै |
प्रधानमन्त्री | रणिल बिक्रमासिंघे महिन्दा राजपाक्ष (विवादित) |
पूर्वाधिकारी | महिन्दा राजपाक्ष |
विकास तथा वातावरण मन्न्री | |
पद बहाली १२ जनवरी २०१५ | |
राष्ट्रपति | आफै |
प्रधानमन्त्री | रणिल बिक्रमासिंघे महिन्दा राजपाक्ष (विवादित) |
पूर्वाधिकारी | सुसिल प्रेमजयनथा |
व्यक्तिगत विवरण | |
जन्म | पल्लेवत्त गमरालगे मैत्रीपाला यापा सिरिसेना (1951-09-03) ३ सेप्टेम्बर १९५१ (उमेर ७२) यागोडा |
राष्ट्रियता | श्री लंका |
राजनीतिक दल | श्रीलङ्का फ्रिडम पार्टी (१९६८–हाल) सिलोन कम्युनिष्ट पार्टी (१९६६-१९६८) |
अन्य राजनीतिक संलग्नता | युनाइटेड पिपल्स फ्रिडम एलाएन्स (२००४– हाल) (1994–2004) |
जीवन साथी | जयंथी पुष्पा कुमारी |
मातृ शिक्षाप्रतिष्ठान | अग्रिकल्चार स्कूल |
पेशा | राजनीति |
हस्ताक्षर | |
वेबसाइट | Official website |
सिरिसेना श्रीलङ्काको प्रतिनिधि सभा सदस्यको रूपमा १९८९ मा मुलधारको राजनीति प्रवेश गरे र १९९४ यता उनले कयौं मन्त्रालयको जिम्मेवारी सम्हाले । [3] उनी २०१४ नोबेम्बर मा २०१५ को राष्ट्रपतीय निर्वाचनमा बिपक्षी गठबन्धनको "साझा उमेदवार" घोषणा नभएसम्म उनी श्री लंका फ्रिडम पार्टीका महासचिव थिए र स्वास्थ्य मन्न्री समेत थिए । [4][5] उक्त निर्वाचनमा उनको विजयलाई एक अप्रत्याशित नतिजाको रूपमा हेरिन्छ । बैकल्पिक सिंहाली बहुल क्षेत्र र अल्पसंख्यक तमिल तथा मुस्लिमको क्षेत्रबाट युद्ध पश्चात को राजापाक्ष सरकारको हिंसात्मक दमनले उनको विजय सजिलो बनाएको थियो ।[6][7][8] उनीहरूको मत सिरिसेनाको समर्थक भन्दा पनि राजापाक्षे बिरोधि थियो ।[9] मैत्रीपाला सिरिसेनाले १०० देने सुधार कार्यक्रमको घोषणा गर्दै भ्रस्टाचार बिरुद्ध लड्ने , विवादास्पद अठारौँ संसोधन उल्टाउने, २००९ देखि युद्ध अपराधको जांच गर्ने बचन गर्दै नेता रणिल बिक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरे ।[10][11][12]
सिरिसेनाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश के. श्रीपवन को सामु स्वतन्त्रता चोक , कोलम्बोमा ६:२० बेलुका ९ जनवरी २०१५ मा छैटौ कार्यकारी राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका थिए । [13][14] त्यसको तत्कालै उनले रणिल बिक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।[15][16] सपथ ग्रहण पछि सिरिसेनाले एक कार्यकाल मात्र राष्ट्रपति हुने बताएका थिए । २८ अप्रिल २०१५ को दिन , सिरिसेनाले राष्ट्रपतिको महत्त्वपूर्ण शक्ति / अख्तियार संसदलाई हस्तान्तरण गरेका थिए। [17][18]
२०१८ मा , सिरिसेनाले पुर्व राष्ट्रपति महिन्दा राजपाक्ष लाई प्रधानमन्त्री नियुक्त गरे , रणिल बिक्रमासिंघेलाई बर्खास्त गरे र संसद भंग गरे जुन कदमले २०१८ को संबैधानिक संकट निम्त्यायो ।[19][20][21] यो सिरिसेनको राजपाक्षलाई शक्तिमा ल्याउने दोश्रो र सबैभन्दा शक्तिशाली कदमको रूपमा हेरिएको छ ।[22][23]