युरी गागरिन
From Wikipedia, the free encyclopedia
युरी अलेक्सियेविच गगारिन Yuri Alekseyevich Gagarin{{efn|रुसी: Юрий Алексеевич Гагарин, रुसी उच्चारण: [ˈjʉrʲɪj ɐlʲɪˈksʲejɪvʲɪtɕ ɡɐˈɡarʲɪn] (९ मार्च १९३४-२७ मार्च १९६८) सोभियत एयर फोर्सका पाइलट थिए जो बाहिरी अन्तरिक्षमा पुग्ने पहिलो मानव बने र अन्तरिक्ष दौडमा एक ठूलो कोसेढुङ्गा हासिल गरे। उनको क्याप्सुल भोस्तोक १ ले १२ अप्रिल १९६१ मा पृथ्वी कक्षको एक चक्कर लगाएको थियो । गगारिन अन्तराष्ट्रिय सेलिब्रेटी बने र सोभियत सङ्घको सर्वोच्च सम्मान हिरो अफ सोभियत युनियन सहित कयौ पदक तथा उपाधीहरू पाए।
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत सङ्घ रूसको कुल्सिनो[1] भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी[2] गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो। उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१ को अपि्रल १२ मा भोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए। उनी सन् १९६८ मा विमान दुर्घटनामा मारिए।