राजपत्र
From Wikipedia, the free encyclopedia
राजपत्र सरकारको आधिकारिक प्रकाशन हो जसमा राष्ट्राध्यक्षबाट जारि भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन, अध्यादेशहरू र नियम प्रकाशन गरिन्छ। यसमा विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निर्णयहरूलाई वैधानिकता दिने तथा नागरिकहरुलाई ऐन, नियमको दायरा भित्र राख्ने गरिन्छ।[1] नेपालको सरकारी पत्र नेपाल राजपत्र वि. सं. २००८ साल देखि हालसम्म पनि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेर मुद्रण विभागले प्रकाशन गरि आमजन समुदायलाई सरकारी निर्णयहरूको लिखित जानकारी दिई नागरिकहरुको सूचनाको हक सम्बन्धी अधिकार प्रदान गर्दै आइरहेको छ। नेपालमा राजपत्र प्रकाशनको जिम्मा मुद्रण विभागलाई दिइएको छ।