रिपब्लिक रेकर्ड्स
From Wikipedia, the free encyclopedia
रिपब्लिक रेकर्ड्स एक अमेरिकी रेकर्ड लेबल हो जुन भुनिभर्सल म्युजिक ग्रुप (युएमजी) को स्वामित्व रहेको छ। यस रेकर्ड लेबललाई सन् १९९५ मा एभ्री लिपमेन र मोन्टे लिपमेन द्वरा एक एक स्वतन्त्र लेबलको रूपमा स्थापित गरेका थिए भने सन् २००० मा युएमजी द्वारा अधिग्रहण गरिएको थियो। रिपब्लिक रेकर्ड्सको रूपमा नाम युनिभर्सल मोटाउ रेकर्डस् राखिएको थियो भने पछि सन् २००६ मा युनिभर्सल रिपब्लिक रेकर्ड्समा नाम सारिएको थियो तर पछि सन् २०१२ यसलाई पुन रिपब्लिक रेकर्ड्समा नाम गठन गरिएको थियो। [1][2][3]
रिपब्लिक रेकर्ड्स | |
---|---|
अभिभावक कम्पनी | युनिभर्सल म्युजिक ग्रुप |
स्थापना | १९९५; २९ वर्ष अघि (१९९५) |
संस्थापक |
|
वितरक (हरू) |
|
विधा | विभिन्न |
मूल देश | संयुक्त राज्य अमेरिका |
स्थान | न्युयोर्क |
आधिकारिक वेबसाइट | republicrecords.com |
हाल यस रेकर्डस्मा टेलर स्विफ्ट, निकी मिनाज, अरियाना ग्रान्डे, लियाम पेन, लिल वेन, ब्ल्याक सबाथ, एन्डि ब्ल्याक, ड्रेक, जेसी जे, लोर्ड, पोस्ट मेलोन आदि कलाकारहरूले हस्ताक्षर गरेका छन्। यस रेकर्डस्को साहेक रेकर्ड कम्पनी रिपब्लिक न्यासभिल रेकर्डस् रहेको छ जसमा फ्लोरिडा जर्जिया लाइन, द ब्यान्ड पेरी र इलाइ योङ ब्यान्ड जस्ता सङ्गीतकारहरू कार्यरत छन्।