लेफ्टिनेन्ट जनरल
From Wikipedia, the free encyclopedia
लेफ्टिनेन्ट जनरल धेरै देशहरूमा प्रयोग हुने सैन्य पद हो। यो श्रेणी पुरानो युरोपेली प्रणाली उत्पन्न भएको हो। यस पदको उत्पत्ति मध्य युगमा भएको थियो, जहाँ लेफ्टिनेन्ट जनरलको उपाधि युद्धको मैदानमा सेकेन्ड-इन-कमान्ड राखिएको थियो, जो सामान्यतया कप्तान जनरल अधीनमा थिए।
आधुनिक सेनाहरूमा, लेफ्टिनेन्ट जनरल सामान्यतया जनरल (वा कर्नल जनरल) भन्दा सीधा तलको र मेजर जनरल भन्दा माथिको पद हो । नौसेनामा यो पद भाइस एडमिरलको बराबर हुन्छ, र छुट्टै पद संरचना भएको वायु सेनामा, यो एयर मार्शलको बराबर हुन्छ। संयुक्त राज्य अमेरिकामा, लेफ्टिनेन्ट जनरल को दर्ज्या नि चिन्हमा तीन तारा हुन्छ । त्यसैले पनि लेफ्टिनेन्ट जनरललाई तीन तारे जनरल भनिन्छ। लेफ्टिनेन्ट जनरलले सामान्यतया तीन सेना डिभिजनहरू मिलेर बनेको ६० हजार देखी ७० हजार सेना भएको आर्मी कर्प्सलाई कमान्ड गर्दछ।