विश्वव्यापी मोबाइल सञ्चार प्रणाली
From Wikipedia, the free encyclopedia
विश्वव्यापी मोबाइल सञ्चार प्रणाली वा सामान्यतया जिएसएम, युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) द्वारा विकास गरिएको एक मानक हो जसले दोस्रो-पीढी (२ जी) डिजिटल सेलुलर सञ्जालमा मोबाइल यन्त्रहरू जस्तै मोबाइल फोन र ट्याब्लेटहरूद्वारा प्रयोग गरिएको प्रोटोकुलहरूको वर्णन गर्ने गर्दछ। यसलाई पहिलो पटक फिनल्यान्डमा डिसेम्बर १९९१ मा तैनाथ गरिएको थियो। सन् २०१४ सम्म, यो मोबाइल सञ्चारको लागि विश्वव्यापी मानक बनेको छ जसमा यसले १९३ भन्दा बढी देश वा इलाकाहरूमा ९०% भन्दा बढी बजार साझेदारी गरेको छ। २ जी सञ्जालहरू पहिलो पुस्ता (१ जी), एक एनालग सेलुलर सञ्जाललाई प्रतिस्थापन गर्दै विकसित गरिएको थियो र जिएसएम मानकले मूलभूत रूपमा डिजिटल, सर्किट-स्विच गरिएको सञ्जाललाई वर्णन गरेको छ। यो समयसँगै डाटा सञ्चार समावेश गर्न विस्तार भएको छ जसमा यो पहिलो पटक सर्किट-स्विच्ड ट्रान्सपोर्ट र पछि जिपिआरएस मार्फत प्याकेट डाटा ट्रान्सपोर्ट र एज वा इजिपिआरएस सम्म विस्तार भएको छ। लगत्तै, ३जीपिपिले तेस्रो-पुस्ता (३जी) युएमटिएस मानक विकास गर्यो र त्यसपछि चौँथो-पुस्ता (४जी) एलटिई मानकको विकास गर्यो जुन चाहिँ युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) को जिएसएम मानकको भाग बनेन। विश्वव्यापी मोबाइल सञ्चार प्रणाली जिएसएम सङ्घको स्वामित्वमा रहेको व्यापार प्रतीक चिन्ह हो।