शिशिर ऋतु
From Wikipedia, the free encyclopedia
शिशिर ऋतु वा हिउँद ऋतु हिन्दू ऋतु अनुसार ६ वटा ऋतुहरू तथा विश्वब्यापी रूपमा प्रचलित चार ऋतुहरू मध्यको एक ऋतु हो । शिशिर ऋतुमा वर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ । हेमन्त ऋतुको समाप्ती पछि शिशिर ऋतु आरम्भ हुन्छ । उत्तरी तापक्रम क्षेत्रमा शिशिर ऋतु नेपाली महिना अनुसार माघ र फागुन २ वटा महिनामा तथा इस्वी सम्वत् अनुसार डिसेम्बर देखि मार्चसम्म पर्दछन्।
छरितो तथ्यहरू तापक्रमको मौसम, उत्तरी तापक्रम क्षेत्र ...
तापक्रमको मौसम | |
---|---|
उत्तरी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २१ डिसेम्बर – २० मार्च |
मौसमविज्ञान अनुसारको मौसम | १ डिसेम्बर – २८/२९ फेब्रुअरी |
सौर्य (सेल्टिक) मौसम | १ नोभेम्बर – ३१ जनवरी |
दक्षिणी तापक्रम क्षेत्र | |
खगोलीय मौसम | २१ जुन – २२ सेप्टेम्बर |
मौसमविज्ञान अनुसारको मौसम | १ जुन – ३१ अगष्ट |
सौर्य (सेल्टिक) मौसम | १ मे – ३१ जुलाइ |
ग्रीष्म वसन्त शरद शिशिर |
बन्द गर्नुहोस्