संयुक्त राष्ट्रसङ्घका महासचिव
From Wikipedia, the free encyclopedia
महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि गरिन्छ । महासचिव पुन: अथवा दोश्रो पटक पनि निर्वाचित हुन सक्दछ । संयुक्त राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँछ । संयुक्त राष्ट्रसंघको वर्तमान महासचिव एन्टोनियो गुटेरेस हुन् । उनी पोर्चुगलका हुन्, उनले आफ्नो पदको जिम्मेवारी १ जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ ।
छरितो तथ्यहरू संयुक्त राष्ट्रसंघको महासचिव, निवास ...
संयुक्त राष्ट्रसंघको महासचिव | |
---|---|
निवास | सटन प्लेस, म्यानह्याटन, न्यू योर्क,संयुक्त राज्य अमेरिका |
मनोनयनकर्ता | संयुक्त राष्ट्र सुरक्षा परिषद |
नियुक्तिकर्ता | संयुक्त राष्ट्र महासभा |
अवधि | पाँच वर्ष |
प्रथम पदाधिकारी |
|
गठन | संयुक्त राष्ट्र सङ्घ बडापत्र, २६ जुन १९४५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बन्द गर्नुहोस्