सूर्यबहादुर थापा
नेपालका पूर्व प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दथे।
सूर्यबहादुर थापा | |
---|---|
२४ औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०२२–२०२६ | |
एकाधिपति | राजा महेन्द्र |
पूर्वाधिकारी | तुल्सी गिरी |
उतराधिकारी | तुल्सी गिरी |
कार्यकाल २०३५–२०३८ | |
एकाधिपति | राजा बीरेन्द्र |
पूर्वाधिकारी | किर्तीनिधि बिष्ट |
उतराधिकारी | निरन्तर |
कार्यकाल २०३८–२०४० | |
एकाधिपति | राजा बीरेन्द्र |
पूर्वाधिकारी | निरन्तर |
उतराधिकारी | लोकेन्द्र बहादुर चन्द |
कार्यकाल २०५४–२०५५ | |
एकाधिपति | राजा बीरेन्द्र |
पूर्वाधिकारी | लोकेन्द्र बहादुर चन्द |
उतराधिकारी | गिरिजा प्रसाद कोइराला |
कार्यकाल २०६९–२०६० | |
एकाधिपति | राजा ज्ञानेन्द्र |
पूर्वाधिकारी | लोकेन्द्र बहादुर चन्द |
उतराधिकारी | शेरबहादुर देउबा |
व्यक्तिगत विवरण | |
जन्म | १९८४ चैत्र ९ धनकुटा नेपाल |
मृत्यु | २०७२ बैशाख २ मेदान्ता अस्पताल नयाँदिल्ली, भारत |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
मातृ शिक्षाप्रतिष्ठान | दरवार हाइस्कूल, अल्लाहबाद विश्वविद्यालय भारत |
बि. सं. २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। बि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। बि. सं. २०३६ सालको जनमत सङ्ग्रह अघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। बि. सं. २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीय रूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापना पछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन्। उनी जीवन भर नै राजनितीमा निकै सकि्य थिए।