२०१५ क्रिकेट विश्वकप
From Wikipedia, the free encyclopedia
२०१५ क्रिकेट विश्वकप ११ औ विश्वकप क्रिकेट प्रतियोगिता हो जुन अस्ट्रेलिया तथा न्युजिल्यान्डमा संयुक्तरूपमा १४ फेब्रुअरी २०१५ देखि २९ मार्च २०१५ सम्म आयोजना भएको थियो । ४९ वटा म्याच मध्ये अस्ट्रेलियामा २६ वटा म्याच खेलाईयो भने बाँकी रहेका २३ वटा म्याच न्युजिल्यान्डमा खेलाईयो । अस्ट्रेलियाको ७ वटा सहरको १४ वटा ग्राउन्डमा म्याच संचालित गरिएको थियो । अस्ट्रेलियाको एडिलेड,ब्रिसबेन, क्यानबरा, होबार्ट, मेलबर्न, पर्थ तथा सिड्नी मा म्याच संचालित गरिएको थियो । त्यस्तै न्युजिल्यान्डको पनि ७ वटा सहरमा म्याच संचालित गरियो जसमा अकल्याण्ड,क्राइस्टचर्च, ड्युनेडीन, ह्यामिल्टन, नेपियर, नेल्सन तथा वेलिङ्गटन थिए । विश्वकपको फाइनल खेल चाहिं मेलबर्न क्रिकेट मैदानमा भएको थियो । फाइनलमा अस्ट्रेलियाले न्यूजिल्याण्ड लाई ७ विकेटले हराउलै पाँचौँ पटक विश्वकप जित्न सफल भएको थियो ।
आइसिसी क्रिकेट विश्वकप २०१५ | |
---|---|
मिति | १४ फेब्रुअरी – २९ मार्च |
प्रशासक(हरू) | आइसिसी |
क्रिकेटको प्रकार | अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन र नक् आउट |
आयोजक(हरू) | अस्ट्रेलिया न्युजिल्यान्ड |
विजेता | अस्ट्रेलिया (५औँ उपाधि) |
सहभागीहरू | १४ |
खेल संख्या | ४९ |
म्यान अफ द सिरिज | मिचेल स्टार्क |
अधिक रन | मार्टिन गुप्टिल (५४७) |
अधिक विकेट | मिचेल स्टार्क (२२) ट्रेन्ट बोल्ट (२२) |
आधिकारिक वेबसाइट | आधिकारिक वेबसाइट |
← २०११ २०१९ → |
क्रिकेट विश्वकप कहाँ आयोजना गर्ने प्रश्नको निधो एकै समयमा लगाइएको थियो । सन् २०११ क्रिकेट विश्वकप - भारत, पाकिस्तान, श्रीलङ्का तथा बङ्गलादेश , त्यस्तै सन् २०१५ क्रिकेट विश्वकप - अस्ट्रेलिया तथा न्युजिल्यान्ड मा र सन् २०१९ क्रिकेट विश्वकप - इङ्ल्यान्डमा हुनेछ भनी आधिकारिक रूपमा पुष्टि गरिएको थियो ।