क्यारिबियाली सागर
समुद्र / From Wikipedia, the free encyclopedia
क्यारिबियन सागर (अंग्रेजी: Caribbean Sea) आन्ध्र महासागरको मध्य-पश्चिमी भागसंगजोडिएको एक समुद्र हो। यो उष्ण कटिबंधीय क्षेत्रमा पश्चिमी गोलार्धमा पर्दछ । यसको पश्चिम र दक्षिण-पश्चिममा मेक्सिको र मध्य अमेरिका छ, उत्तरमा ऐंटिलीस द्वीप छ भने पूर्वमा सानो ऐंटिलीस द्वीप छ ।[1] यस सागरको कुल क्षेत्रफल २७,५४,००० वर्ग किमी छ।[2] यसको सबैभन्इदा गहिरो बिन्दू केमन खाई (Cayman Trough) मा पर्दछ र सतहबाट ७,६८६ मीटर तल छ ।