योसिप ब्रोज तितो
From Wikipedia, the free encyclopedia
योसिप ब्रोज तितो ( सिरिलिक लिपि: Јосип Броз Тито, , उच्चारण [jǒsip brôːz] ; ७ मे १८९२-४ मे १९८०), सामान्यतः तितो को नामले परिचित (/ˈtiːtoʊ/[1], युगोस्लाभ कम्युनिष्ट क्रान्तिकारी तथा राजनेता थिए। दोस्रो विश्वयुद्धको क्रममा उनी पार्टीिसनका नेता थिए जसलाई प्रायः नाजी जर्मन नियन्त्रित यूरोपमा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन्छ । उनले सन् १९४३ देखि १९८० सम्म विभिन्न भूमिकामा सेवा गरेका थिए। [2] उनले १४ जनवरी १९५३ देखि ४ मे १९८० सम्म समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभियाका अध्यक्षको रूपमा पनि काम गरेका थिए।
जबकि केहीले उनको आफ्नो राष्ट्रपतिको पदलाई अधिनायकवादको रूपमा आलोचना गर्छन् [3] र उनलाई स्टालिन जस्तै क्रुर तानाशाहको रूपमा समेत तुलना गर्छन्, धेरैले उनलाई उदार तानाशाह मान्छन्। उनी युगोस्लाभिया र विदेशमा एक लोकप्रिय सार्वजनिक व्यक्तित्व थिए। [4] उनलाई युगोस्लाभियाको एकीकरणको प्रतीकको रूपमा हेरिएको थियो ,[5] उनका आन्तरिक नीतिहरूले युगोस्लाभ महासंघका राष्ट्रहरूको शान्तिमय सह-अस्तित्व कायम राख्यो। भारतको जवाहरलाल नेहरू, इजिप्टका गमाल अब्देल नासेर र घानाका क्वामे नक्रुमहको साथ असंलग्न अभियान आन्दोलनका प्रमुख नेताको रूपमा उनले थप अन्तर्राष्ट्रिय ध्यान खिचे। [6] शीत युद्ध दुवै ब्लकमा विदेश अत्यधिक अनुकूल सम्बन्ध कायम गर्दै, उनले लिजन अफ अनर, र अडर अफ बाथ सहित ९८ विदेशी सम्मान प्राप्त गरे।