सेन्डी मोलिङ
From Wikipedia, the free encyclopedia
सेन्डी मोलिङ (जर्मनेली: Sandy Mölling) (जन्म:२७ अप्रिल १९८१) एक जर्मनेली गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। उनको जन्म उपर्टालमा भएको थियो भने उनी र कुब्लेन्जमा हुर्किएकी थिइन्। उनले विभिन्न गायन प्रतियोगिताहरूमा प्रदर्शन गरी किशोरावस्थामै गायिका बनेकी थिइन्। मोलिङ सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[1] उनीहरूको केही समय सम्मको निष्क्रियता, मोलिङले आफ्नो पहिलो एकल गिती सङ्गालो, अनएक्सपेक्टेड (सन् २००४) जारी गरेकी थिइन्। उक्त गिती सङ्गालोमा समावेश गीत "अननेचुरल ब्लन्ड" र "टेल मी" विभिन्न देशमा चार्टहरूमा शीर्ष १० मा देखा परेको थियो। उनी पपस्टार्सको चौथो संस्करणमा निर्णायकको रूपमा देखा परेकी थिइन्।
सेन्डी मोलिङ | |
---|---|
जन्म | सेन्डी मोलिङ (1981-04-27) २७ अप्रिल १९८१ (उमेर ४३) उपर्टाल, पश्चिम जर्मनी |
पेशा |
|
कार्यकाल | सन् २०००–हाल |
सन्तान | २ |
साङ्गीतिक जीवन | |
विधा |
|
लेबल |
|
वेबसाइट | sandy-moelling |
सन् २००६ मा, उनले मध्यम सफलता हासिल गर्न सफल फ्रेम अफ माइन्ड नाम गिती सङ्गालो जारी गरेकी थिइन् र लेट्स डान्स नामक वास्तविक प्रतियोगिता कार्यक्रमको पहिलो संस्करण तेस्रो स्थान सम्म पुगेकी थिइन। अर्को वर्ष उनी, स्याट वान, दास भिएर्ते र भिभा दोयच्सलान्त जस्ता च्यानल प्रसारण भएका विभिन्न छोटो दूरदर्शन कार्यक्रमहरूमा प्रस्तुतकर्ता र अभिनेत्री बनेकी थिइन्। त्यसपछि उनी दि सिङ्न्दि फिर्माका लागि निर्णायक बनेकी थिइन्। सन् २०१० मा, मोलिङले भोम जेस्ट दे वायनाच्स नामक लघु उपन्यासमा आधारित एक चलचित्रबाट उनको रङ्ग मञ्चीय पर्दापण गरेकी थिइन् जसले उनलाई जोसेफ एन्ड द अमेजिङ टेक्निकलर ड्रिमकोट र काबरेट जस्ता चलचित्रहरूमा स्थान दिलाउन सफल भएको थियो। [2] आफ्नो कार्यकाल भरिमा, मोलिङले जारी गरेका चारवटा गीतहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुग्न सफल भएका छन् भने उनको गिती सङ्गालो र एकल गीत गरेर विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी बिक्री भएका छन्। मनोरञ्जन उद्योगबाट बहिर उनी धेरै परोपकारी गतिविधिहरूमा संलग्न छिन्। उनी शिक्षा, बालबालिकाको हेरचाह र पशु कल्याण लगायतका विभिन्न कारणहरूमा संलग्न रहँदै आएकी छिन्। सन् २०१५ मा, उनले आफ्नी आमासँग बच्चाहरूको पुस्तक पम्पेल, देर बाउम्जवेर्ग्को सह रचना गरेकी थिइन्।[1] सोही वर्ष, मोलिङ लस एन्जलस, क्यालिफोर्नियामा बसाई सरेकी थिइन् जहाँ उनले, क्यानडेली सङ्गीत निर्माता र म्याजिक साङ्गीतिक समूहका प्रमुख गायक नासरी हतविहका साथ दोस्रो छोरालाई जन्म दिएकी थिइन्।