नाडिया बिनाइसा
From Wikipedia, the free encyclopedia
नाडिया बिनाइसा (जन्म: २६ अप्रिल १९८२) एक जर्मनेली गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। बिनाइसा सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्।[1] उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[1]
नाडिया बिनाइसा | |
---|---|
जन्म | नाडिया बिनाइसा (1982-04-26) २६ अप्रिल १९८२ (उमेर ४२) फ्र्याङ्कफट, पश्चिम जर्मनी |
पेशा |
|
कार्यकाल | सन् २०००–२०१३ सन् २०१५ |
नामपत्र (हरू) | युनिभर्सल |
सन्तान | १ |
वेबसाइट | NadjaBenaissa.de |
उक्त समूहको साथ व्यवसायिक रूपमा सफल भएका विभिन्न गिती सङ्गालो तथा गीतहरूको जारी गरे पछि उनले सन् २००६ मा, आफ्नो पहिलो गिती सङ्गालो श्रीट फु श्रीट (अनुवादित नाम = एक पछि अर्को) जारी गरेकी थिइन्। [2] उनको अर्ध आत्मकथा समेटिएको गिती सङ्गालोलाई पूर्ण रूपमा जर्मनेली भाषामा कैद गरिएको थियो जसले गर्दा उनले विभिन्न किसिमका सङ्गीतमा आफ्नो कार्यलाई निरन्तरता दिन मद्दत गरेको थियो। उनले त्यस पश्चात् मध्यम व्यावसायिक सफलताको प्राप्त गरेकी थिइन्।[3]
फेब्रुअरी २०१० मा, उनीलाई एचआइभी सङ्क्रमण भएको थाह हुँदाहुँदै पनि सन् २००४ देखि २००६ को बीचमा तीनजना पुरुससँग असुरक्षित यौन सम्पर्क गरेका कारण जर्मनेली प्रहरीले उनीमाथि शारीरिक चोट पुर्याउनका लागि गरिएको भन्दै आरोप लगाइएको थियो।[4] सोही वर्षको अगस्टमा उनी यौन साझेदारहरूबाट उनको एचआइभी स्थिति लुकाउनको लागि दोषी ठहरिए पछि उनलाई दुई वर्षका लागि निलम्बित गरिँदै र ३०० घण्टा सामुदायिक सेवा गर्न बाध्य बनाइएको थियो।[5][6] सेप्टेम्बर २०१० मा, नाडिया बिनाइसाले आधिकारिक रूपमा निजी कारणले उक्त साङ्गीतिक समूह छोडेको जनाएकी थिइन्।[3]