बुखारेस्ट
From Wikipedia, the free encyclopedia
बुखारेस्ट (Bucureşti) रोमानियाको राजधानी एवं त्यहाको सबभन्दा ठुलो वाणिज्यिक केंद्र हो। यो रूमानियाको दक्षिण-पूर्वमा दाम्बोवीता नदीको तटमा स्थित छ जो पहिले दाम्बोवीता सिटाडेलको नामबाट प्रसिद्ध थियो। यूरोपीय मानकोमा अनुसार बुखारेस्ट धेरै पुरानो शहर होईन, यसको उल्लेख १४५९ भन्दा अगाडि कहीं पाईदैन।[1] पुरानो बुखारेस्टबाट १८६२मा रूमानियाको राजधानी बने देखी अहिलेसम्म यस सहरमा धेरै परिवर्तन आईसकेको छ, र आज यसले आफुलाई रुमानियाई मीडिया, कला एवं संस्कृतिक केन्द्रको रूमामा स्थापित गरिसकेको छ। यसको स्थापत्य कलालाई साम्यवादी काल एवं आधुनिक यूरोपको सम्मिश्रणको रूपमा देख्न सकिन्छ। दुई विश्व युद्धको बीचको समयमा यस सहरलाई शानदार स्थापत्य कलाको कारणले यसभन्दा अगाडिको पेरिस" एवं "लघु पेरिस" (मिकुल पेरिस) जस्तो नाम पनि दिईएको छ।[2] यद्यपि यसको धेरै जसो ऐतिहासिक भवन विश्वयुद्ध, भुँइचालो इत्यादिमा स्वाहा भैसकेको छ तर अहिले पनि केही शानदार भवन आफ्नो सिर ऊंचा गरेर उभिएको छ। हालको वर्षहरूमा यस सहरले धेरै सांस्कृतिक एवं आर्थिक प्रगति गरेको छ।.[3]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बुकुरेस्ती | |
---|---|
झन्डा | |
• घनत्व | ८,५१० /किमी2 (२२,०४०.८ /वर्ग माइल) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+3 |
१ जनवरी, २००९को आधिकारिक अनुमान अनुसार, बुकारेस्टको जनसङ्ख्या १९,४४,३६७ छ।[4] शहरी क्षेत्र बुकारेस्ट प्रपरको सीमाना भन्दा धेरै अगाडि छ, जसको जनसंक्या २० लाखको लगभग छ।[5][6] मुख्य सहरको शहरी क्षेत्रको घेरे हुए उपग्रह कस्बों सहित बुकारेस्ट महानगरीय क्षेत्रको जनसङ्ख्या २१.५ लाख छ।[7] एक अनाधिकारिक सूत्रको अनुसार यो जनसङ्ख्या ३० लाखभन्दा बढी छ।[8] बुकारेस्ट यूरोपियाई सङ्घमा जनसङ्ख्यानुसा छैठो सबैभन्दा ठुलो शहर हो।[9] आर्थिक दृष्टिबाट बुखारेस्ट देशको सबैभन्दा समृद्ध सहर हो[10] र पूर्वी यूरोपको प्रधान औद्योगिक तथा यातायात केन्द्रहरू मध्ये एक हो। सहरमा ठुलो स्तरमा शैक्षिक सुविधा, सांस्कृतिक केन्द्र, सम्मेलन र वार्ता केन्द्र, किनमेल बाजार र मनोरंजन क्षेत्र छ। मुख्य शहरको रोमान्या नगरपालिका (म्युनिसिपुल बुकारेस्ती Municipiul București) देख्दछ, र यसको दर्जा एक काउन्टी जस्तो नै छ। यसलाई फेरी ६ उपभागहरू – सेक्टरहरूमा बाडिएको छ।