मानव विकास सूचकाङ्क
From Wikipedia, the free encyclopedia
मानव विकास सूचकाङ्क मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकाङ्कलाई प्रयोग गरेर निकालिएको समग्र तथ्याङ्कले कुनै पनि देशको मानव विकास निकाल्ने गरिन्छ। मानव विकास सूचकाङ्कलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री महबुब उल हक र भारतीय अर्थशास्त्री अमर्त्य सेनद्वारा सिर्जना गरिएको थियो[1] र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो ।[2]
सन् २०१० मा मानव विकास प्रतिवेदनमा असमान-समायोजित मानव विकास सूचकाङ्क सुरु गरिएको थियो। सरल मानव विकास सूचकाङ्क पनि उपयोगी रहेको छ, तर असमान-समायोजित मानव विकास सूचकाङ्कको उपयोगले (असमानताको लागि लेखाङ्कन) मानव विकासको वास्तविक तह र क्षमता "मानव विकास सूचकाङ्क" निकाल्न सकिन्छ।
अति उच्च (≥ ०.८००)
उच्च (०.७००–०.७९९) मध्यम (०.५५०–०.६९९) |
निम्न (≤ ०.५४९) तथ्याङ्क उपलब्ध नभएको |
मानव विकास सूचकाङ्क निरपेक्ष नभई सापेक्ष हुन्छ। यो सूचकाङ्कको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ। स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रूपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ। शिक्षाको सरल सारांश नापको रूपमा औसत साक्षरता दर र स्कूल भर्ना दरको औसतलाई समावेश गरिन्छ। जीवन यापन स्तरको नाप गर्न प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रति व्यक्ति आय गणना गरी समावेश गरिन्छ । माथिको तीनवटै सूचकहरूलाई यसप्रकार उल्लेख गरिएको छ।