संसदीय प्रणाली (Saṁsadīya Praṇālī ) प्रजातान्त्रिक शासनको एक प्रकारको प्रणाली हो जसमा कार्यपालिका आफ्नो वैधता विधायिकता (संसद)बाट प्राप्त गर्छ र विधायिकता प्रति उत्तरदायी हुन्छ । यस प्रकार संसदीय प्रणालीमा कार्यपालिका र विधायिका परस्पर सम्बन्धित हुन्छ । यस प्रणालीमा राज्यको प्रमुख तथा सरकारको प्रमुख अलग-अलग व्यक्ति हुन्छन् । कार्यपालिका नै प्रमुख शासक हुन्छ। नेपाल, भारत, पाकिस्तान, संयुक्त अधिराज्य लगायतमा मा संसदीय शासन प्रणाली रहेको छ । यसको विपरीत राष्ट्रपतीय प्रणाली (presidential system) मा प्रायः राष्ट्रप्रमुख नै सरकार र (कार्यपालिका) को मुखिया हुन्छ। यो भन्इदा पनि महत्सवपूर्सेण कुरा यो छ कि राष्ट्रपतीय प्रणालीमा कार्यपालिका आफ्नो वैधता विधायिकाबाट प्राप्त गर्दैन ।
थप जानकारी शासन प्रणाली ...
|
शासन प्रणाली |
गणतन्त्रात्मक सरकार: |
अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ। |
सैन्य सरकार
माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति) |
|
बन्द गर्नुहोस्