स्पेनी भाषा
From Wikipedia, the free encyclopedia
स्पेनी वा क्यास्टिलियन (स्पेनी: español एस्पान्योल (मद्दत·जानकारी) व castellano कास्तेयानो ) स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो। स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्व एसियामा समेत प्रयोग गरिन्छ। यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ। यो स्पेन र धेरै जसो दक्षिण अमेरिकी देशहरू सहित २१ देशहरूको राष्ट्रिय भाषा हो। यो संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारीक भाषाहरू मध्येको एक हो।
स्पेनी भाषा | |
---|---|
español, castellano | |
उच्चारण | /espa'ɲol/, /kaste'ʎano/ अथवा /kaste'ʝano/ |
क्षेत्र | अर्जेन्टिना, बोलिभिया, चिली, कोलोम्बिया, कोस्ता रिका, क्युबा, डोमिनिकन गणतन्त्र, इक्वेडर, भूमध्यरेखीय गिनी, एल साल्भादोर, ग्वातेमाला, होन्डुरस, मेक्सिको, निकाराग्वा, पानामा, पाराग्वाइ, पेरू, पोर्टो रिको, स्पेन, उरुग्वे, भेनेस्वेला तथा उल्लेखनिय रूपमा एण्डोरा, बेलिज, गिब्राल्टार, तथा संयुक्त राज्य अमेरिका। |
मातृभाषी वक्ता | प्रथम भाषाa: ३२ करोड[1][2]– ४० करोड[3][4][5] कुलa: ४०–५० करोड[6][7][8] aसबै अनुमानित संख्याहरू हुन्। |
भारोपेली भाषा परिवार
| |
ल्याटिन (स्पेनी लिपी शैली) | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | २१ राष्ट्र |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | es |
आइएसओ ६३९-२ | spa |
आइएसओ ६३९-३ | spa |
यो भाषा ३२ देखि ४० करोड मानिसहरूले आफ्नो प्रथम भाषाको रूपमा बोल्ने गर्दछन्। [6][9] यो भाषा बोल्ने सबैभन्दा धेरै मानिसहरू मेक्सिकोमा बस्दछन्। संयुक्त राज्य अमेरिकामा अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा व्यापक भाषा हो। [10] अङ्ग्रेजी र फ्रान्सेली भाषा पछिको संसारको सबैभन्दा तेस्रो प्रभावशाली भाषा हो। [11]