पाकिस्तानका प्रधानमन्त्रीहरूको सूची
From Wikipedia, the free encyclopedia
पाकिस्तानको प्रधानमन्त्री (उर्दु: وزير اعظم पाकिस्तान सरकारको प्रमुख कार्यकारी हो।[1] प्रधानमन्त्रीलाई सङ्घीय मन्त्रिपरिषद् मार्फत प्रशासन सञ्चालन गर्न, साझा हित परिषद् मार्फत राष्ट्र र जनताको हितको रक्षा सुनिश्चित गर्न, राष्ट्रिय नीतिहरू निर्माण गर्न र पाकिस्तानको द्विसदनात्मक संसदको लागि राष्ट्रव्यापी आम निर्वाचन गर्ने निर्णय गर्ने जिम्मेवारी दिइएको छ।[2][3][4]
सन् १९४७ देखि पाकिस्तानमा १८ जना प्रधानमन्त्रीहरू नियुक्त भएका छन्। नियुक्त कामचलाउ प्रधानमन्त्रीहरू बाहेक, जसलाई निर्वाचन प्रक्रिया समाप्त नभएसम्म प्रणालीको निरीक्षण गर्ने जिम्मेवारी मात्र दिइएको थियो। पाकिस्तानको संसदीय प्रणालीमा, प्रधानमन्त्रीलाई राष्ट्रपतिद्वारा शपथ दिइन्छ र सामान्यतया प्रधानमन्त्री पार्टी वा मन्त्रिपरिषद्को अध्यक्षको रूपमा रहन्छन् जहाँ पाकिस्तान संसदको तल्लो सदन राष्ट्रिय सभामा बहुमत प्राप्त गरेको हुन्छ।
१४/१५ अगस्ट १९४७ को मध्यरातमा बेलायत शासित भारतको विभाजन पछि, पाकिस्तानले प्रधानमन्त्रीको सचिवालयमा आधारित प्रधानमन्त्री पद सिर्जना गरेर बेलायती प्रणालीको अनुसरण गरेको थियो।[3][4] पाकिस्तानका तत्कालीन गभर्नर जनरल मोहम्मद अली जिनाहले राष्ट्रका संस्थापकहरूबाट सल्लाह लिँदै १५ अगस्ट १९४७ मा, लियाकत अली खानलाई आफ्नो प्रशासनको स्थापना र नेतृत्व गर्न नियुक्त गरेका थिए। सन् १९६० मा राष्ट्रपति प्रणाली हुनुभन्दा पहिले सन् १९४७ देखि १९५८ मा सैनिक शासनसम्म सात जना प्रधानमन्त्रीले सेवा गरेका थिए। सन् १९७१ मा, कार्यालय फेरि पुनर्जीवित गरिएको थियो तर चाँडै नै यसको अस्तित्व समाप्त भएको थियो।[5] सन् १९७३ मा पाकिस्तानको संविधानको पूर्ण पाठ जारी हुँदा प्रधानमन्त्रीलाई कार्यकारी शक्ति र अधिकार दिइएको थियो तर सन् १९७७ मा अर्को सैनिक कानूनपछि यो पद यसको प्रभावकारी सञ्चालनबाट बन्द गरिएको थियो। सन् १९८५ मा भएको आम चुनावपछि यो कार्यालय अस्तित्वमा आएको थियो।[6][7] पाकिस्तान पिपुल्स पार्टीकी बेनजीर भुट्टो र पाकिस्तान मुस्लिम लिग (नवाज)का नवाज शरिफले दुईपटक कार्यकाल सम्हालेका थिए।[8] [9][10]
सन् २००२ मा भएको आम निर्वाचनपछि जफरुल्लाह खान जमालीलाई प्रधानमन्त्रीको रूपमा आफ्नो प्रशासन गठन गर्न आमन्त्रित गरिएको थियो।[11] सन् २०१२ मा पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री यूसुफ रजा गिलानीलाई अयोग्य घोषित गर्ने फैसला गरेपछि, मीर हजार खान खोसोको नेतृत्वमा कार्यवाहक प्रशासन स्थापना नभएसम्म उनको प्रशासनको कार्यभार राजा परवेज अशरफले सम्हालेका थिए।[12][13][3][4]
मुस्लिम लिगका नुरुल अमीनको कार्यकाल सबैभन्दा छोटो अर्थात् १३ दिनको मात्र थियोे।[3][14] पाकिस्तान पिपुल्स पार्टीका यूसुफ रजा गिलानीको कार्यकाल सबैभन्दा लामो अर्थात् ४ वर्ष ८६ दिन थियो। करिब ९ वर्ष २ सय १५ दिनका साथ पाकिस्तान मुस्लिम लिग (नवाज)का नवाज शरिफ लामो समयसम्म प्रधानमन्त्री बनेका थिए।[15][16] शरिफ ५ जुन २०१३ मा लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका थिए, जुन पाकिस्तानको इतिहासमा एक कीर्तिमान हो। पाकिस्तानका कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूरा पाँच वर्षको कार्यकाल पूरा गरेका छैनन्।[17]
पाकिस्तानको राष्ट्रिय राजनीतिमा यसको इतिहासमा पाकिस्तानी सशस्त्र बलको सैन्य विभागको प्रभुत्व थियो, तर हाल यो राजनीतिक दलहरूको प्रभुत्व रहेको छ।[11]