पाकिस्तानको संविधान
From Wikipedia, the free encyclopedia
पाकिस्तानको संविधान (उर्दु: آئینِ پاکستان जसलाई सन् १९७३ को संविधान पनि भनिन्छ, पाकिस्तानको सर्वोच्च कानून हो। दस्तावेजले पाकिस्तानको कानून, राजनीतिक संस्कृति र प्रणालीलाई मार्गदर्शन गर्दछ। यसले राज्यको रूपरेखा, जनसङ्ख्याको मौलिक अधिकार, राज्यको कानून र आदेश, संस्था र सशस्त्र बलहरूको संरचना र स्थापना पनि गर्दछ।[2] जुल्फिकार अली भुट्टोको सरकारले देशको विपक्षी दलहरूको अतिरिक्त सहयोगमा यसलाई १० अप्रिलमा ५ औँ संसदले सर्वसम्मतिले अनुमोदन गरेको थियो र १४ अगस्ट १९७३ मा अनुमोदन गरिएको थियो।[3][4] पहिलो तीन अध्यायहरूले सरकारका तीन शाखाहरूको नियम, जनादेश र अलग-अलग शक्तिहरू स्थापित गर्दछ। यसमा एक द्विसदनीय व्यवस्थापिका हुने व्यवस्था गरिएको छ जहाँ कार्यकारी प्रधानमन्त्री हुन्छन् र सर्वोच्च अदालतको अध्यक्षतामा एक सर्वोच्च सङ्घीय न्यायपालिका रहने व्यवस्था गरिएको छ।[4] संविधानले पाकिस्तानको राष्ट्रपतिलाई औपचारिक राष्ट्रप्रमुखको रूपमा मनोनीत गरेको छ जसले राज्यको एकताको प्रतिनिधित्व गर्दछ।[5] संविधानको पहिलो ६ वटा धारामा राजनीतिक प्रणालीलाई सङ्घीय संसदीय गणतन्त्रात्मक प्रणालीको रूपमा उल्लेख गरिएको छ। साथै इस्लाम यसको राज्य धर्मको रूपमा रहेको छ।[6] संविधानले कुरान र सुन्नतमा निहित इस्लामी आदेशहरूको अनुपालनको लागि कानुनी प्रणालीको पालना गर्ने प्रावधानहरू पनि समेटेको छ।[7]
इस्लामी गणतन्त्र पाकिस्तानको संविधान | |
---|---|
अवलोकन | |
क्षेत्राधिकार | पाकिस्तान |
सिर्जना | २० अक्टोबर १९७२; ५१ वर्ष पहिले (१९७२-१०-20) |
अनुमोदन | १० अप्रिल १९७३; ५१ वर्ष पहिले (१९७३-०४-10)[1] |
प्रभावकारी मिति | १४ अगस्ट १९७३; ५० वर्ष पहिले (१९७३-०८-14) |
प्रणाली | सङ्घीय संसदीय संवैधानिक गणतन्त्र |
सरकारी संरचना | |
शाखाहरू | तीन (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) |
राष्ट्रप्रमुख | पाकिस्तानको राष्ट्रपति |
कक्षहरू | द्विसदनात्मक (महासभा र राष्ट्रिय सभा) |
कार्यकारिणी | संसदको तल्लो सदनप्रति उत्तरदायी प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषद् |
न्यायपालिका | सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत |
सङ्घीयता | सङ्घीयता |
निर्वाचक मण्डल | हुन्छ, राष्ट्रपति निर्वाचनको लागि |
इतिहास | |
संशोधन | २६ |
अन्तिम संशोधन | ३१ मे २०१८ |
स्थान | संसद भवन, इस्लामाबाद, पाकिस्तान |
निर्माण | पाकिस्तानको संसद |
हस्ताक्षरकर्ताहरू | पाँचौँ संसद (१५० मध्ये १४५ सदस्य) |
संसदले संविधान विपरीत वा प्रतिकूल हुने गरी कुनै पनि कानून बनाउन सक्दैन। तथापि, सन् १९५६ र १९६२ को विगतका कानुनी दस्तावेजहरूको विपरीत, द्विसदनीय संसद्का दुवै सदनमा दुई तिहाइ बहुमतले संविधान संशोधन गर्न सकिन्छ। यसलाई समयको साथ संशोधन गरिएको छ, र राजनीतिक उन्नयन र सुधारको लागि सबैभन्दा पछिल्लो निर्णणहरूलाई संशोधन गरिएको छ।[8] यद्यपि, सन् १९७३ मा लागू भए तापनि पाकिस्तानले २३ मार्चमा संविधान पारित भएको मान्दछ।[9] प्राविधिक रूपमा २६ वटा संशोधन भए पनि संविधानमा २३ वटा संशोधन भएका छन् भने तीनवटा संशोधन संसदबाट पारित हुन सकेका छैनन्।