मोहम्मद अली जिनाह
पाकिस्तानको संस्थापक / From Wikipedia, the free encyclopedia
मोहम्मद अली जिनाह (ढाँचा:भाषा-उर्दु), (लेख्य रूप: महमद अली जनाह, उच्चारित रूपमा:मोहम्मद अली जिनाह) एक पाकिस्तानी प्रधान वकिल, राजनीतिज्ञ र पाकिस्तानका संस्थापक नेता थिए। जिनाहले सन् १९१३ देखि १४ अगस्ट १९४७ सम्म अखिल भारतीय मुस्लिम लीगको नेताको रूपमा कार्य गरेका थिए भने १४ अगस्ट १९४७ मा, पाकिस्तानको स्थापना भएको थियो। उनले मृत्युसम्म पाकिस्तानको पहिलो गभर्नर-जनरलको रूपमा सेवा दिएका थिए। उनी पाकिस्तानमा काइदे अजम ("महान नेता") र बाबाये कौम, ("राष्ट्रपिता") को रूपमा सम्मानित छन्। उसको जन्मदिनमा पाकिस्तानमा राष्ट्रिय बिदा दिइने गरिएको छ।
कायदे-आजम मोहम्मद अलि जिन्ना محمد علی جناح | |
---|---|
पाकिस्तानको पहिलो गवर्नर जनरल | |
कार्यकाल १५ अगस्ट, १९४७ – ११ सेप्टेम्बर, १९४८ | |
एकाधिपति | जर्ज VI |
प्रधानमन्त्री | लियाकत अली खान |
पूर्वाधिकारी | कोहि होइन; किन कि उनीभन्दा पहिलो माउण्टबेटन[1] नै गवर्नर जनरल थिए |
उतराधिकारी | ख्वाजा नजीमुद्दीन |
व्यक्तिगत विवरण | |
जन्म | २५ डिसेम्बर, १८७६ कराची, ब्रिटिस भारत |
मृत्यु | ११ सेप्टेम्बर, १९४८ (७१ वर्ष) कराची, पाकिस्तान |
राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस (१८९६-१९१३) मुस्लिम लीग (१९१३-१९४८) |
जीवन साथी(हरू) | एमीबाई जिन्ना मरियम जिन्ना |
सन्तान(हरू) | दीना जिन्ना |
जीवनवृति | वकील, राजनेता |
कराचीको वजीर मीन्शनमा जन्मिएका जिनाहलाई लन्डनको लिङ्कन्स इन नामक संस्थामा मुख्य वकिलको रूपमा प्रशिक्षण दिइएको थियो। बेलायती भारत फर्केपछि उनले बम्बई उच्च अदालतमा नाम दर्ता गरेका थिए र राष्ट्रिय राजनीतिमा चासो देखाएका थिए जसले अन्ततः उनको कानुनी अभ्यासलाई प्रतिस्थापन गरेको थियो। २०औँ शताब्दीको सुरुका दुई दशकहरूमा जिनाह भारतीय राष्ट्रिय काङ्ग्रेसमा प्रख्यात बनेका थिए। आफ्नो राजनीतिक जीवनको प्रारम्भिक वर्षहरूमा, जिनहले हिन्दु मुस्लिम एकताको पक्ष लिँदै काङ्ग्रेस र अखिल भारतीय मुस्लिम लीगबीच सन् १९१६ को लखनऊ समझौता निर्माण गर्न सहयोग गरेका थिए जसमा जिनाह पनि प्रमुख बनेका थिए। जिनाह अखिल भारतीय गृह नियम लीगका प्रमुख नेता बन्दै मुस्लिमहरूको राजनीतिक अधिकारको रक्षाका लागि चौध सूत्रीय संवैधानिक सुधार योजनाको प्रस्ताव गरेका थिए। सन् १९२० मा, सत्याग्रह अभियानलाई पछ्याउन राजी भएपछि जिनाहले काङ्ग्रेसबाट राजीनामा गरेका थिए जसलाई उनी राजनीतिक अराजकता मान्दथे।
सन् १९४० सम्म जिनाहलाई भारतीय उपमहाद्वीपका मुस्लिमहरूले आफ्नै राज्य हुनुपर्दछ भनेर विश्वास गर्न थालेका थिए। उक्त वर्ष, जिनाहको नेतृत्वमा मुस्लिम लीगले लाहोरको प्रस्ताव पारित गर्दै एक छुट्टै राष्ट्रको माग गरेको थियो। दोस्रो विश्वयुद्धको अवधिमा काङ्ग्रेसका नेताहरू समातिँदा लिगले बल प्राप्त गरेको थियो र युद्धको केही समयपछि भएको चुनावमा त्यसले मुस्लिमहरूको लागि आरक्षित अधिकांश सीटहरू जितेको थियो। अन्ततः काङ्ग्रेस र मुस्लिम लीगले उपमहाद्वीपलाई एकल राज्यको रूपमा एकताबद्ध गर्न शक्ति बाँडफाँडको सूत्रमा पुग्न नसक्दा सबै दलहरूलाई प्रमुख हिन्दु भारतको स्वतन्त्रतामा सहमति जनाउन र मुस्लिम बहुमतको पाकिस्तानको लागि प्रस्ताव गरेका थिए।
पाकिस्तानका प्रथम गभर्नर-जनरलको रूपमा, जिनाहले नयाँ देशको सरकार र नीतिहरू स्थापना गर्न र स्वतन्त्र भएपछि भारतको नयाँ राष्ट्रबाट बसाइसराई गर्दै करोडौँ मुस्लिम आप्रवासीहरूलाई सहयोग गर्ने उद्देशका साथ शरणार्थी शिविरहरूको स्थापना र निरीक्षण गरेका थिए। पाकिस्तानले ब्रिटेनबाट स्वतन्त्रता पाएको एक वर्ष पछि ७१ सेप्टेम्बर १९४८ मा जिनाहको ७१ वर्षको उमेरमा निधन भएको थियो। उनले पाकिस्तानलाई गहिरो र सम्मानित योगदान दिएका थिए। विश्वका असङ्ख्य सडक, मार्ग र स्थानहरू जिनाहको नाममा राखिएको छ। पाकिस्तानका धेरै विश्वविद्यालय र सार्वजनिक भवनहरूमा जिनाहको नाम छ।उनका जीवनी लेखक स्टेनली वोल्पर्टका अनुसार उनी पाकिस्तानको महान नेता बनेका थिए।