भनेसा पिट्रुओ
From Wikipedia, the free encyclopedia
भनेसा एनेलिस पिट्रुओ (जर्मनेली: Vanessa Petruo) (जन्म २३ अक्टोबर १९७९) एक जर्मनेली मनोचिकित्सक तथा पूर्व गायिका-गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्।[3] उनी जर्मनीको राजधानी बर्लिनमा कलाकारहरूको परिवारमा जन्मिएकी थिइन् भने उनी त्यही हुर्किएकी थिइन्। कार्यकालको सुरुवाती चरणमा उनको दूरदर्शनमा सानो भूमिका थियो र उनले श्रव्य अभिनेत्रीको रूपमा सन् २००० मा जर्मनेली वास्तविक दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा गठन भएको युवती समूह नो एन्जेल्सको सदस्यको रूपमा ख्याति कमाएकी थिइन।[4] युवती साङ्गीतिक समूह नो एन्जेल्सको उनी एक अग्रणी गायिका थिइन् भने यो समूह यूरोपेली मूलको सबैभन्दा बढी साङ्गीतिक प्रस्तुतिहरू बिक्री गर्न सफल साङ्गीतिक समूह पनि हो। साङ्गीतिक कार्यकाल भरि, पिट्रुओले सार्वजनिक गरेका चारवटा गीतहरू जर्मनेली एकल चार्टको शीर्ष स्थानमा पुगेका थिए। उनको शीर्ष स्थानमा आएको गीत "समथिङ एबाउट अस"लाई उनले सह लेखन गरेकी थिइन् जसको प्रतिलिपी विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी बिक्री भएको थियो।[4]
भनेसा पिट्रुओ | |
---|---|
जन्म | भनेसा पिट्रुओ (1979-10-23) २३ अक्टोबर १९७९ (उमेर ४४) बर्लिन, जर्मनी |
पेशा |
|
कार्यकाल | सन् २०००–२००९ |
साङ्गीतिक जीवन | |
विधा | पप, आत्मीय[1], बैकल्पिक रक[2] |
साङ्गीतिक समूह नो एन्जेल्सबाट उनको प्रस्थान पछि, पिट्रूले उनको पहिलो एकल गीत "ड्रामा क्वीन" जारी गरेकी थिइन् जुन जर्मनेली एकल चार्टको शीर्ष २० मा पर्न सफल भएको थियो। पछि उनले आफ्नो हालसम्मको पहिलो र अन्तिम गिती सङ्गालो मामा लिला उर्द (२००५) जारी गरेकी थिइन् जसले समालोचकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो तथापि, यसले मध्यम व्यवसायीक सफलता प्राप्त गरेको थियो। सन् २००० को पछिल्लो समयमा पिट्रुओले गीतकारको रूपमा काम गरिरहँदा, सन् २०१० मा उनका थप साङ्गीतिक परियोजनाहरू सफल हुन सकेनन् र उनले शैक्षिक कार्यकाललाई मध्यनजर गर्दै रेकर्डिङ व्यवसायबाट अवकाश लिएकी थिइन्।[5]