नो एन्जेल्स
From Wikipedia, the free encyclopedia
नो एन्जेल्स (जर्मनेली: No Angels) जर्मनीमा सन् २००० मा गठन भएको एक युवती साङ्गीतिक समूह थियो। यो समूह ५ जना सदस्यहरूका साथ गठित भएको थियो जसमा नाडिया बिनाइसा, लुसी डियाकोभस्का, सेन्डी मोलिङ, भनेसा पिट्रुओ र जेसिका वाल्स समावेश थिए।[1] समूह मूल रूपमा उत्पत्ति जर्मनेली वास्तविक दूरदर्शन शृङ्खला पपस्टार्सको प्रथम संस्करणमा भएको थियो। जसले मध्य युरोपका प्राय: सबै देशहरूमा गायन प्रतियोगिता सञ्चालन गर्दै लगातार सफलता प्राप्त गरेको छ। किर्तिमानी कायम गर्ने सफल समूहको डेलाइट इन योर आइज नामक गीत र उनीहरूको पहिलो गिती सङ्गालो इलिमेन्ट्सको जारी लगत्तै समूह जर्मनीमा लोकप्रिय बन्न पुगेको थियो र जसले गर्दा जर्मनेली भाषी युरोपमा पनि समूहले आफ्नो छाप छोड्न सफल भएको थियो।[2] विभिन्न व्यवसायीक रूपमा सफल भएका गीत तथा गिती सङ्गालोको जारीसँगै यो सबैभन्दा सफल साङ्गीतिक समूहको रूपमा रहेको छ। समूहका ४ वटा गीत र ३ वटा गिती सङ्गालो क्रमश: जर्मनेली एकल चार्ट तथा जर्मनेली गिती सङ्गालो चार्टमा आउन सफल भएका थिए भने समूहले ५० लाख भन्दा बढी रेकर्ड बिक्री गरेको थियो। जसले गर्दा समूह सबै समयको सर्वाधिक बिक्री गराउन सफल जर्मनेली युवती साङ्गीतिक समूह र युरोप महादेशमा सन् २००० को दशकको सबैभन्दा सफल साङ्गीतिक समूहको रूपमा रहेको थियो।[3] समूहले ३ इको पुरस्कार, १ विश्व सङ्गीत पुरस्कार, १ एनआरजे सङ्गीत पुरस्कार, २ कमेट्स, १ बम्बी र १ गोल्दिन कामिरा पुरस्कार प्राप्त गरेको थियो।
नो एन्नल्स | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | जर्मनी |
विधा |
|
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष |
|
लेबल |
|
पूर्व सदस्य(हरू) | |
अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको यस समूहका सदस्यहरू आ-आफ्नो एकल परियोजना काम गर्ने अभिप्रायका साथ प्रथम पटक डिसेम्बर सन् २००३ मा छुट्टिएका थिए र जसले गर्दा समूहको विधटन भएको थियो।[4] सन् २००७ मा, समूहमा सुरुवाती चरणमा रहेका चार सदस्यहरू स्थायी रूपमा पुनर्गठन भएको पुष्टि भएको थियो र समूहले पुनर्गठन लगत्तै सन् २००७ को मध्य तिर डेस्टिनी नामक गिती सङ्गालोको जारी गरेको थियो। एक वर्ष पछि, समूहले बेलग्रेडमा युरोभिजन गीत प्रतियोगितामा जर्मनीको प्रतिनिधित्व गरेको थिय।, जहाँ उनीहरू अन्तिम मतदानमा २३ औँ स्थानमा रहेका थिए।[5] अर्को साङ्गीतिक विश्राम पछि, समूहले सन् २००९ मा वेलकम टु डान्स नामक दोस्रो स्टुडियो गिती सङ्गालो जारी गरेको थियो जुन व्यावसायिक रूपमा असफल भएको थियो।[6] सेप्टेम्बर २०१० मा, नाडिया बिनाइसाले आधिकारिक रूपमा निजी कारणले समूह छोडेकी थिइन्। जसले गर्दा समूह ३ सदस्यीय टोलीमा रूपान्तरण भएको थियो। समूहको अर्को परियोजना सम्पन्न गर्न असफल हुँदा, समूह पुन: विभाजित भएको थियो।[1][2]