लुसी डियाकोभस्का
From Wikipedia, the free encyclopedia
लुसी डियाकोभस्का लुदमिला (बुल्गेरियाली: Люси Дяковска) (बुल्गेरियाली उच्चारण = लुसी दियाकोभस्का) (जन्म:२ अप्रिल १९७६) बुल्गेरियामा जन्मिएकी एक जर्मनेली गायिका, अभिनेत्री, गीतकार, सङ्गीत निर्माता, नर्तक तथा दूरदर्शन व्यक्तित्व हुन्। डियाकोभस्का सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सोही कार्यक्रम र उक्त साङ्गीतिक समूहको सदस्य भएकाले ख्याति कमाउन सफल भएकी थिइन् र यो समूहले हाल सम्म युरोपेली मूलका सबैभन्दा धेरै बिक्री गराउन सफल विभिन्न गीत तथा गिती सङ्गालोको प्रस्तुत गर्दै किर्तिमानी कायम गर्न सफल भएको छ।[1]
लुसी डियाकोभस्कम | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | लुदमिला डियाकोभस्का |
उपनाम | लुसी, लुसिलियर |
जन्म | (1976-04-02) २ अप्रिल १९७६ (उमेर ४८) प्लिभेन, बुल्गेरिया |
विधा | पप |
पेशा | गायिका, गीतकार, सङ्गीत निर्माता, मञ्च अभिनेत्री, दूरदर्शन व्यक्तित्व |
सक्रिय वर्ष | सन् १९९७–हाल |
लेबल | आइसल्यान्ड (सन् २००४) एडेल (सन् २००५–हाल) |
सहयोगी | नाडिया बिनाइसा, सेन्डी मोलिङ, नो एन्जेल्स, भनेसा पिट्रुओ, जेसिका वाल्स |
वेबसाइट | आधिकारिक वेबसाइट |
समूहसँग व्यावसायिक रूपमा सफल भएका गिती सङ्गालो तथा गीतहरूको सार्वजनिक भएपछि, डियाकोभस्काले सन् २००५ मा दुईवटा एकल गीत र उनको एकल गिती सङ्गालो लुसीलिययस जारी गरेकी थिइन्। सन् २००८ मा, उनी बुल्गेरियामा बेलायती संस्करणको म्युजिक आइडल र अस्ट्रियामा जर्मनेली संस्करणको स्टारमेनियामा निर्णायकको भूमिकामा देखा परेकी थिइन् भने उनी सन् २०१२ मा पनि जर्मनेली संस्करणको पपस्टार्समा पनि निर्णायकको भूमिकामा देखा परेकी थिइन्। उनले सन् २०१३ देखि आफ्नो कार्यकाललाई रोकेकी छिन् र उनको निष्क्रियता पश्चात् युवती साङ्गीतिक समूह नो एन्जेल्स अन्ततः दोस्रो पटकका लागि विघटन भएको थियो।