युरोपेली सङ्घ
From Wikipedia, the free encyclopedia
युरोपेली सङ्घ २७ सदस्य राष्ट्रहरूको एक राजनीतिक र आर्थिक सङ्घ हो जुन मुख्य रूपमा युरोपमा अवस्थित छ। यसको सदस्य राष्ट्रहरूको संयुक्त क्षेत्र ४२,३३,२५५.३ बर्ग किलोमिटर (१६,३४,४६९.० वर्ग माइल) रहेको छ भने जसको कुल जनसङ्ख्या अनुमानित रूपमा ४३.७ करोड रहेको छ। युरोपेली सङ्घले कानूनको एक मानकीकृत प्रणाली मार्फत आन्तरिक एकल बजार विकसित गरेको छ जुन ती मामिलाहरू सबै सदस्य राष्ट्रहरूमा लागू हुन्छ।युरोपेली सङ्घको नीतिहरू भनेको आन्तरिक बजार भित्र मानिसहरूका सामान, सेवा र पूँजीको स्वतन्त्र आवागमन सुनिश्चित गर्नु, न्याय र घरेलु मामिलामा कानून बनाउने र व्यापार, कृषि, मत्स्य पालन र क्षेत्रीय विकासमा साझा नीति बनाउनु हो। शेन्गन क्षेत्र भित्र यात्राको लागि, राहदानी नियन्त्रण रद्द गरीएको छ। सन् १९९९ मा मौद्रिक सङ्घ स्थापना भएको थियो जुन सन् २००२ मा पूर्ण प्रभावमा आएको थियो, र १९ युरोपेली सङ्घका सदस्य राष्ट्रहरू मिलेर बनेको छ जसले यूरो मुद्राको प्रयोग गर्दछ। युरोपेली सङ्घलाई प्राय: एक छुट्टै र स्वतन्त्र राजनीतिक इकाईको रूपमा वर्णन गरिएको छ।
| |||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
झन्डा | |||||||||||||||||||||||||||||||||||||||||||||||||
आदर्श वाक्य: "In Varietate Concordia"code: la is deprecated (रोमन) "अनेकतामा एकता" | |||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय गान: "युरोपको गान" (धुन) | |||||||||||||||||||||||||||||||||||||||||||||||||
विश्वको मानचित्रमा युरोपेली सङ्घको अवस्थिति, हरियो रङ्गमा | |||||||||||||||||||||||||||||||||||||||||||||||||
राजधानी | ब्रुसेल्स (दे फाक्तो)[1] ५०°५१′उ॰ ४°२१′पू॰ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
सबैभन्दा ठुलो महानगर | पेरिस | ||||||||||||||||||||||||||||||||||||||||||||||||
आधिकारिक भाषाहरू | २४ भाषाहरू [lower-alpha 1]
| ||||||||||||||||||||||||||||||||||||||||||||||||
आधिकारिक लिपिहरू |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||
धर्म (सन् २०१५)[4] |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||
रैथाने(हरू) | युरोपेली | ||||||||||||||||||||||||||||||||||||||||||||||||
किसिम | अन्तर्राष्ट्रिय सङ्घ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
सदस्य राष्ट्रहरू | |||||||||||||||||||||||||||||||||||||||||||||||||
सरकार | स्वतन्त्र अन्तर सरकारी र बहुराष्ट्रिय | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• आयोगका प्रमुख | Ursula von der Leyen | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• संसदका प्रमुख | David Sassoli | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• युरोपेली परिषद्का प्रमुख | Charles Michel | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• परिषद्को अध्यक्ष | Croatia | ||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यवस्थापिका | विधायी प्रक्रिया | ||||||||||||||||||||||||||||||||||||||||||||||||
स्थापना[5] | |||||||||||||||||||||||||||||||||||||||||||||||||
• रोमको सन्धि | १ जनवरी १९५८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• एकल युरोपेली ऐन | १ जुलाई १९८७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• युरोपेली सङ्घको सन्धि | १ रनोभेम्बर १९९३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• लिस्बोन सन्धि | १ डिसेम्बर २००९ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• अन्तिम राजनिति स्वीकार | १ जुलाई २०१३ (क्रोएसिया) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• अन्तिम पटक बाहिरिएको घटना | ३१ जनवरी २०२० (बेलायत) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||||||||||||||||||||||||||||||
• | ४२,३३,२६२ किमी२ (१६,३४,४७२ वर्ग माइल) (७औँ) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• पानी (%) | ३.०८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
जनसङ्ख्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||
• सन् २०२० अनुमानित | 447,206,135[6] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• घनत्व | १०६ /किमी2 (२७४.५ /वर्ग माइल) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२० लगत | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• जम्मा | $२०.३६६ खर्ब[7] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• प्रति व्यक्ति | $४५,५४१ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२० लगत | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• जम्मा | $१६.०३३ खर्ब[8] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• प्रति व्यक्ति | $35,851 | ||||||||||||||||||||||||||||||||||||||||||||||||
गिनी (सन् २०१८) | ३०.९[9] मध्यम | ||||||||||||||||||||||||||||||||||||||||||||||||
मानव विकास सूचकाङ्क (सन् २०१७) | ०.८९९[lower-alpha 2] धेरै उच्च | ||||||||||||||||||||||||||||||||||||||||||||||||
मुद्रा | € युरो १० अन्य
| ||||||||||||||||||||||||||||||||||||||||||||||||
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय to अप्रस+२ (पश्चिमी युरोपेली समय, मध्य युरोपेली समय, पूर्वी युरोपेली समय) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ देखि अप्रस+३ (पश्चिमी युरोपेली ग्रीष्मकालिन समय, मध्य युरोपेली ग्रीष्मकालिन समय, पूर्वी युरोपेली ग्रीष्मकालिन समय) | ||||||||||||||||||||||||||||||||||||||||||||||||
(हेर्नुहोस् युरोपमा ग्रीषणमकालिन समय) | |||||||||||||||||||||||||||||||||||||||||||||||||
मिति ढाँचा | दिन।महिना।वर्ष[11] हेर्नुहोस्: युरोपमा समय | ||||||||||||||||||||||||||||||||||||||||||||||||
इन्टरनेट डोमेन | डटईयु[lower-alpha 3] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
वेबसाइट युरोपा.ईयु |
युरोपेली सङ्घको सन्धि सन् १९९३ मा लागू भएसँगै युरोपेली सङ्घ र युरोपेली नागरिकताको स्थापना भएको थियो। युरोपेली सङ्घले यसको उत्पत्ति, यूरोपेली कोइला र स्टिल समुदाय नामक सङ्गठन र युरोपेली आर्थिक समुदायबाट लिएको थियो जुन क्रमश: सन् २०५१ को पेरिस र सन् २०५७ को रोमा सन्धिबाट स्थापना भएका थिए। युरोपेली सङ्घको रूपमा चिनिन थालेका मूल सदस्यहरू भित्री छ: बेल्जियम, फ्रान्स, इटाली, लुक्सेम्बुर्ग, नेदरल्यान्ड, र पश्चिम जर्मनी लगायतका राष्ट्रहरू थिए। समुदाय र उनीहरूका उत्तराधिकारीहरू नयाँ सदस्य राष्ट्रहरूसँग मिलेर र नीतिगत क्षेत्र थप्दै सत्तामा बढेका छन्। युरोपेली सङ्केत संवैधानिक आधारमा पछिल्लो ठूलो संशोधन लिस्बोन सन्धि सन् २००९ मा लागू भएको थियो।
३१ जनवरी २०२० मा, संयुक्त अधिराज्य युरोपेली सङ्घ छोड्ने पहिलो सदस्य राष्ट्र बनेको थियो। सन् २०१६ मा भएको जनमत सङ्ग्रह पछि, बेलायतले छाड्ने आफ्नो कदम माथि हस्ताक्षर गरेको थियो र फिर्ती सम्झौताको बारेमा छलफल गरेको थियो। बेलायत कम्तिमा ३१ डिसेम्बर २०२० सम्म सङ्क्रमणकालीन चरणमा रहेको छ, जुन यस अवधिमा यो युरोपेली सङ्घको कानूनको अधीनमा रहन्छ र यो युरोपेली सङ्घ एकल बजार र भन्सार सङ्घको भाग हो। बेलायती युरोपेली सङ्घबाट बाहिरिनु भन्दा अगाडि सदस्य राष्ट्रहरू मध्येका तीन क्षेत्रले युरोपेली सङ्घ वा यसका अग्रदूतहरूलाई छोडेका थिए जसमा फ्रान्सेली अल्जेरिया (सन १९६२ मा स्वतन्त्र भएपछि), ग्रीनल्यान्ड (सन् १९८५ मा जनमत सङ्ग्रह पछि) र साँबार्तेलिमी (२०१२ मा) समावेश छ।
सन् २०२० मा विश्वको जनसङ्ख्याको ५.८% रहेको युरोपेली सङ्घ, सन् २०१७ मा (संयुक्त अधिराज्य लगायत) २० खर्ब अमेरिकी डलरको साङ्केतिक कुल ग्रहस्थ उत्पादन उत्पन्न गरेको थियो, जसले विश्वव्यापी साङ्केतिक कुल ग्रहस्थ उत्पादनको २५% गठन गर्न सफल भएको थियो। यसका अतिरिक्त, संयुक्त राष्ट्र सङ्घको विकास कार्यक्रमका अनुसार सबै युरोपेली सङ्घ देशहरूको मानव विकास सूचकाङ्क एकदम उच्च छ। सन् २०१२ मा, युरोपेली सङ्घलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। साझा विदेशी र सुरक्षा नीतिको माध्यमबाट युरोपेली सङ्घले बाह्य सम्बन्ध र सुरक्षामा विशेष भूमिकाको विकास गरेको छ। यसको विश्वव्यापी प्रभावका कारण युरोपेली सङ्घलाई उदीयमान महाशक्तिको रूपमा वर्णन गरिएको छ।